नेपाली बुद्धिजीवीमाथि खनिए प्रधानमन्त्री, थला पारिदिने धम्की, के भनेका थिए ? (भिडियो)

  • 29
  •  
  •  
  •  
  •  
    29
    Shares

काठमाडौं, २० मंसिर । प्रधानमन्त्री केपी ओली फेरि एकपटक नेपाली बुद्धिजीवीमाथि खनिएका छन् । केही कुरा बोल्नुअघि एकपटक राम्ररी सोच्नसमेत उनले चुनौती दिएका छन् ।

बुधबार राति नेपाल टेलिभिजनबाट प्रसारण भएको ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाली बुद्धिजीवीमाथि आक्रोश पोखेका हुन् । एसिया प्यासेफिक सम्मेलनमा आफूमाथि गरिएको आलोचनालाई लिएर प्रधानमन्त्री ओलीले ‘मैले जवाफ दिए तपाईहरू थला पर्नुुहुन्छ’ भन्नेसम्मको चेतावनी दिएका हुन् ।

उनले आफनो भनाइलाई अझ कडा र आक्रोशपूर्ण बनाउँदै बौद्धिक भनिनेको असलियत मैले सार्वजनिक गर्नुप¥यो भनेरसमेत धम्क्याएका छन् । धेरै बुद्धिजीवीको हैसियत आफूलाई थाहा भएको भन्दै ओलीले सरकार र प्रधानमन्त्रीविरूद्ध नबोल्न धम्की दिएका छन् ।

उनले सरकारकै भत्ता र पेन्सन खाने, सुबिधा लिने अनि जथाभावी गैर जिम्मेबार ढंगले बोल्ने प्रबृति देखिएको भन्दै असन्तुष्टि पनि जनाए । गोपनियताको बास्ता नगरी अनुत्तदायी भएरसरकारबारे झुटो प्रचार गरिएको पनि उनको भनाई छ । प्रधानमन्त्री ओलीले एसिया प्यासेफिक सम्मेलनका क्रममा धार्मिक विवाद निकालेर असहिष्णु ब्यवहार देखाउने प्रयत्न गरिएको पनि दावी गरे ।

देशकै प्रधानमन्त्रीको कुर्सीमा बसेको व्यक्तिले बुद्धिजीवीमाथि नै यसरी धम्की दिएपछि अहिले सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीको कडा आलोचना भएको छ । उनले बोलेका कुरालाई लिएर विभिन्न टीकाटिप्पणीसमेत भएको छ । बुद्धिजीवीलाई नै धम्की दिनेले ‘किन थिंक ट्यांक’ बनाउनुप¥यो भन्दै प्रधानमन्त्रीको आलोचना भएको हो ।

प्रधानमन्त्रीले बुद्धिजीवीहरुलाई धम्काए ‘उहाँहरुलाई थला पार्न चाहन्न’

प्रधानमन्त्रीले बुद्धिजीवीहरुलाई धम्काए ‘उहाँहरुलाई थला पार्न चाहन्न’

Posted by Avenues Khabar on Wednesday, December 5, 2018

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

73 + = 77