के तपाईको बिहान उठ्दा सधैं अनुहार सुन्निन्छ ? त्यसोभए विचार गर्नुस् , यस्तो खतराको लक्षण हुनसक्छ

  • 27
  •  
  •  
  •  
  •  
    27
    Shares

काठमाडौ । के तपाईको बिहान उठ्दा अनुहार सधैं सुन्निन्छ ? यस्तो हुनका पछाडि धेरै ठुलो कारण रहेको छ । जसले तपाईको अनुहार सुनिने गर्छ । यसमा मुख्यतया तपाईको सुताईको शारिरिक ,मानसिक अवस्थाले पनि फरक पार्दछ ।

तर तपाईले सोच्नुभयो होला , यो सामान्य कुरा हो , चिसोले होला भनेर सोचिरहनु भएको होला । तर यसका पछाडि यस्ता अनौठा कारणहरु रहेका छन् , हेर्नुस्

-पहिलो तपाईको अनुहार सुनिनुको कारण हो ,आफ्नो तकिया र त्यसको खोलसँग एलर्जी भएको हो । लगभग ८ घण्टाको सुताईमा यदि तपाईले प्रयोग गरेको सिरोक ,डसनाहरु सफा  छैन भने यस्तो समस्या देखा पर्दछ ।

-त्यसैगरी दोस्रो कारण हो , मुन फेसिस भएको हुन सक्छ । किनभने यदि तपाईं सुत्ने बेला अत्यधिक तनावमा हुँदा कार्टिसोल नामको हर्मोन उत्पादन हुन्छ । यहि हर्मोनर्ले मुन फेसिस भएको नभएको थाहा हुदैन् । त्यसैले पनि अनुहार सुनिन्छ ।

-त्यस्तै अर्को तेस्रो कारण हो , यदि तपाईले रातीको खानामा नुन चर्को भएको तरकारी खानुभयो भने पनि अनुहार सुनिन्छ । किनभने नुनले शरिरमा पानी जम्मा गर्छ जुन बाहिर आउन पाउँदैन । त्यसैले कम नुन भएको सागसब्जी जन्य खानेकुरा खानुपर्छ ।

-चौथो कारण हो , तपाई यदि दिउसो फोहोर हावामा हिड्नु भएको छ । वा राती तपाईको कोठामा प्रदुषण रहेको छ भने पनि अनुहार सुनिन्छ । त्यसैले तपाईको सुत्ने कोठाको वातावरण पनि सफा हुनुपर्छ ।

-र अन्त्यमा यदि महिलाहरुको हकमा हर्मोन गडबढीको कारण पनि यस्तो समस्या देखा पर्दछ ।विचार गर्नुभएको होला,महिनावारी सुरु हुनुअघि तपाईंको शरिर सुन्निन्छ । साथै, महिनावारी रोकिन लागेका महिलामा अनुहार सुनिने समस्या बढी देखिन्छ ।
त्यसैकारण यी सबै समस्याले एक दुई दिनमा पनि छोडेन भने यो खतराको लक्षण हो । त्यस्तो अवस्थामा चाहि तुरुन्त अस्पताल जार्नुस् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 ÷ 4 =