यी हुन यो वर्षकै सबैभन्दा धेरै कमाउने सेलिब्रेटी, हेरौँ कसले कति कमाए ?

  • 1.9K
  •  
  •  
  •  
  •  
    1.9K
    Shares

एजेन्सी,२० मंसिर । लामो समयदेखि बलिउडमा एक छत्र राज गर्दै आएका बलिउडका स्टार सलमान खान कमाईमा पनि अगाडी नै रहेका छन् । पोबर्सले सार्वजनिक गरेको एक अनुसन्धानमा सलमानलाई बलिउडमा सबैभन्दा धेरै कमाउने सेलिब्रेटीको रुपमा लिएको छ । ती वर्षदेखि कमाईको मामलामा अगाडी रहेका सलमानले यो वर्ष पनि शिर्ष स्थान ओगट्न सफल भएका छन् ।

फोर्बसको जानकारी अनुसार सलमानले २०१८ मा मात्रै २ सय ५३ करोड भारतीय रुपैयाँ कमाइ गरेको खुलासा गरेको छ ।  सबैभन्दा बढी कमाउने कलाकारको दोस्रो नम्बरमा भारतीय क्रिकेटर बिराट कोहली दास्रो नम्बरमा परेका छन् उनले २०१८ मा २ सय २८ करोड भारतीय रुपैयाँ कमाएका थिए ।

तेस्रोमा अक्षयकुमार परेका छन् उनले यो वर्ष १ सय ८५ करोड कमाएका थिए । १० जना अभिनेता मध्येको चौथो नम्बरमा भने दिपिका पादुकोण परेकी छन् । उनले ११२.८ करोड कमाएकी छन् ।  हरौँ को को हुन् त यो वर्ष फोब्र्स १० को शिर्ष स्थानम पर्ने बलिउड सेलिब्रेटीहरु :

१.सलमान खान २५३.२५ करोड भारतीय रुपैयाँ

२.विराट कोहली २२८.९ करोड भारतीय रुपैयाँ

३.अक्षय कुमार १८५ करोड भारतीय रुपैयाँ

४.दीपिका पादुकोण ११२.८ करोड भारतीय रुपैयाँ

५.एमएस धोनी ११.७७ करोड भारतीय रुपैयाँ

६.आमिर खान ९७.५ करोड भारतीय रुपैयाँ

७.अमिताभ बच्चन ९.१७ करोड भारतीय रुपैयाँ

८.रणवीर सिंह ८४.७ करोड भारतीय रुपैयाँ

९.सचिन तेंदुलकर ८ करोड भारतीय रुपैयाँ

१०.अजय देवगन ७४.५ करोड भारतीय रुपैयाँ

यद्यपी यो वर्षको शिर्ष स्थानमा नअटाएका शाहरुख खानले गत वर्षको तुलनामा ३३ प्रतिशत कम कमाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

31 ÷ = 31