संसारमा खुसी त्यो मानिस हुन्छ, जो आफुसँग सन्तुष्ट छ

  • 89
  •  
  •  
  •  
  •  
    89
    Shares

काठमाडौँ,२० मंसिर । भनिन्छ ‘सन्तोषी सदा खुसी असन्तो सधै दुखी ।’ यहि भनाइको तात्पर्यलाई पक्षीहरु बीचको छलफलले पुष्टि गरेको छ ।

एउटा रुखमा कागा बस्थ्यो । काग कालो भएको काराण् उ सधै आफुलाई संसारको कुरुप पक्षी आफु नै भएको ठान्थ्यो । त्यस्तै एक दिन काग पानी खान एउटा तलाउमा पुग्यो र उसले त्यहाँ एउटा हाँस देख्यो । हाँसलाई देख्ने साथ कागले सोच्यो म यति धेरै कालो अनि यो हाँस यति सुन्दर । हाँसलाई देख्ने बित्तिकै कागले सोच्यो यो पृथ्वीको सबैभन्दा सुन्दर पंक्षी हाँस नै होला भन्ने सोच्यो ।

यहि कुराले निकै जिज्ञासु भएर काज हाँस भएको ठाउँमा गएर सोध्यो के तिमी पृथ्वीको सबैभन्दा सुन्दर पंक्षी हौ ? हाँसले भन्यो म पनि यहि कुराको बारेमा सोच्दै थिए । जुन बेलासम्म मैलो सुँगालाई देखेको थिइन् । तर सुँगालाई देखेपछि लाग्यो यो पृथ्वीको सुन्दर पंक्षी पक्कै सुँगा नै हो । यस्तै खुलदुलीको कारण काग सुँगालाई पनि यहि कुरा सोभ्न गायो । सुगाले जवाफमा भन्यो हो मलाई पनि यस्तै लाग्थ्यो म संसारको सुन्दर पंक्षी हो तर एकदिन मयूर्लाई देखे त्यसपछि मलाई लाग्यो की संसारको सून्दर पंक्षी मयूर भन्दा अरु छैनन् ।

कागलाई सुगाको कुराले अझ बुझन मन लाग्यो की संसारमा सबैभन्दा सुन्दर पंक्षी को हो ? यस्तै खुलदुलीले मच्चिएको काग एक दिन चिडिया घरमा रहेको मयूरलाई भेट्न गयो । त्यहाँ उसले धेरै मानिसहरु मयूरलाई हेर्न आएको देख्यो । मयूरलाई सोध्यो के तिमी संसारको सबैभन्दा सुन्दर पंक्षी हौ ? त्यहि भएर तिमीलाई हेर्न सयाैँ मानिस हेर्न आएका ? हो मैले पनि आपफुलाई संसारको सुन्दर पंक्षी ठान्थे । कारण म सधै पिंजडामा कैद भएर बसेको छु । म खुसी छैन् । म पनि आजकाल सोच्छु की म काग भइदिएको भए खुल्ला रुपमा आकासमा उड्न पाउँथे ।

हो हाम्रो जीवन पनि त्यस्तै नै हो । संसार नै दुष्ट भएर होला एकको सुन्दरता र प्रगतिमा अरुको आँखा बल्ने गर्छ । मनमा इष्र्या पलाउँछ । वास्तवमा हामी आफु भित्र रहेको कुरामा मज्जा लिन कहिल्यै जान्दैनौँ । संसारमा कोही यस्तो व्यक्ति छैन् जोसँग सबैकुराले पूर्ण छ । त्यसकारण सबैभन्दा खुसी त्यो मानिस हुन्छ जो आफुसँग सन्तुष्ट छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 2 =