यो विधिको प्रयोग गर्नुहोस्, १ रुपैयाँ पर्ने चिजले तपाईलाई बनाउँनेछ धनी र सुखी !
2.3K - 2.3KShares
काठमाडौँ,२० मंसिर । पुजा आरधना गरे आफुले चिताएको कुराहरु पूर्ण हुन्छ भन्ने विश्वास रहेको छ । केही आस्था र विश्वासको साथ हिन्दुधर्मावलम्बीहरु हरेक दिन भगवानको पुजा गर्ने गर्छन् । त्यस्तै शास्त्रमा उल्लेख भएअनुसार बुधबारको दिन भगवान गणेशलाई खुसी बनाउन सके आफुले सोचेको कुराहरु पुग्ने बताइएको छ । त्यसैले आज हामीले आफुले गरेको दोष कटाउन भगवान गणेशलाइ कसरी खुसी पार्न सकिन्छ भन्ने बारे बताउन गइरहेका छौँ ।
१.यदि तपाई अतृप्त धन प्राप्त गर्न चाहनुहन्छ भने बुधबारको दिन हरियो रङको सामान दान गर्नुहोस् । यसको अलवा घ्यू, काँसको भाँडो, कपुर र मिर्सी दान गर्नुहोस् ।
२.पूजा पाठ कुनै तान्त्रिक उपाय विधिहरु गर्दा कपूरको प्रयोग गर्नुपर्नेछ । कपूरलाई हतियार जस्तै प्रयोग गर्ने गरिन्छ ।
३.बुधबारको दिनलाई धन र खुसी पाउने दिन भएको कारण कपुरको प्रयोग गर्दा शुभ फल प्राप्त हुने विश्वास रहेको छ ।
४. हरेक दिन साझमा आफ्नो घरमा रहेका बेडहरुमा कपूर जलाउनाले गर्नाले रोग शोक हटेर जान्छ ।
५.थोरै गंगा जल छर्केर कपुर बालेमा घरमा खराब आत्माहरु प्रवेश गर्न सक्दैन् ।
६.देवी देवताको अगाडी कपुर बाल्नाले ठूलो पुण्य मिल्ने भएकाले देवदोष र पितृदोष कम हुनेछ ।
७.यदि तपाई पैसा कमाउनुहुन्छ तर अनावश्यक ठाउँमा खर्च भइरहन्छ भने सूर्य अस्ताउने समयमा कपुर दियो बालेर आफ्नो घरवरपर घुमाउएर तुलसीको मन्दिरमा पुजा कोठामा लगेर राख्नुहोस् । यसो गर्दा लक्ष्मीको आशीर्वाद प्राप्त हुने विश्वास रहेको छ ।
८ घरमा शान्ति ल्याउनको लागि प्रत्येक दिन साँझ घ्यूमा कपुर भिजाएर जलाउने गर्नाले त्यसको सुगन्धले घरभरी रहेका नकारात्मक शक्ति नाश हुने र सुख शान्ति प्राप्त हुने विश्वास रहेको छ ।