भर्खर बिवाह गरेका निक र प्रियंका हनिमुन मनाउन आखिर कहिले जालान् त ?

  • 65
  •  
  •  
  •  
  •  
    65
    Shares

एजेन्सी, भर्खर बिवाह गरेका जोडी अभिनेत्री प्रियंका कार्की र निक जोनसको हनिमुन प्लान सार्वजनिक भएको छ । बिवाह सकिएपछि आफ्नो आगामी योजना शेयर गर्ने क्रममा उनीहरुले यसको खुलासा गरेका हुन् । तर उनीहरुको हनिमुन भने ढिलो हुने भएको छ । खबरका अनुसार आउँदो डिसेम्बर १५-१६ मा उनीहरुले बलिउडका हस्तीहरुलाई भब्य रिसेप्सन पार्टि दिनेछन् । त्यसपछी उनीहरु आफ्नो आफ्नो काममा ब्यस्त हुनेछन् । केहि शुटिङ्गको शेड्युल सकेपछि मात्र उनीहरु हनिमुन मनाउन जाने बताइएको छ ।

Mandatory Credit: Photo by Altaf Qadri/AP/REX/Shutterstock (10013599a)
Priyanka Chopra, Nick Jonas. Bollywood actress Priyanka Chopra and musician Nick Jonas stand for photographs at their wedding reception in New Delhi, India
Chopra Jonas Wedding, New Delhi, India – 04 Dec 2018

शुटिङ्गको पहिलो शेड्युल सकिएपछी क्रिस्ट्मसको अवसर पारी प्रियंका डिसेम्बर २७ पछि मात्र हनुमुनको लागी न्यु योर्क उड्नेछिन । यस्तै हनिमुन सकी जनुअरिको पहिलो साता भित्रै प्रियंका फिल्म शुटका लागि मुम्बई फर्किने योजना रहेको छ । न्यु योर्क बाट फर्केपछि उनि फिल्म ‘स्काई इज पिङ्क’को बाकी शेड्युल पुरा गर्नेछिन् । निकट स्रोतका अनुसार यी काम सकिएपछि मात्र प्रियंका र निक लामो हनुमुनमा जानेछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

75 ÷ = 15