कांग्रेस नेता शर्माले भने–प्रधानमन्त्रीको पदमा बसेर बुद्धिजिविलाई धम्की दिन सुहाउँछ ?

  • 57
  •  
  •  
  •  
  •  
    57
    Shares

काठमाडौंं :नेपाली कांग्रेसका प्रवक्ताले प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धिजीवीलाई धम्कीको भाषा प्रयोग गर्नु अनुचित भएको बताएका छन् । प्रधानमन्त्री ओलीले बुद्धिजिविहरुलाई आफूले जवाफ दिए उनीहरु थला पर्ने बताएका थिए । केही बुद्धिजिविहरुले अनावश्वक कुरा गरेको आरोप लगाउँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका थिए ।

नेपाल टेलिभजनबाट प्रशारण हुने जनतासँग प्रधानमन्त्री कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले बुद्धिजिविहरु प्रति यस्तो कटाक्ष गरेका थिए । सोही विषयलाई लिएर प्रवक्ता शर्माले ट्वीट गर्दै बुद्धिजीवी ‘थला पर्नेछन्’ अर्थात ‘थला पार्ने’ कर्म हुनेछ । गरिमामय उचाईबाट यस्तो ‘धम्की’ बोलिनु शोभनीय नभएको बताएका छन् ।

अभिव्यक्ति स्वतन्त्रताको विरुद्ध बोल्नुभन्दा आफ्नो कर्ममा बौद्धिकतालाई स्थान दिनु राम्रो होला कि सम्माननिय प्रधानमन्त्री भन्दै प्रश्न समेत गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 14 =