श्रृंखलालाई हौसला दिन परिवार चीन प्रस्थान

  • 820
  •  
  •  
  •  
  •  
    820
    Shares

काठमाडौँ । मिस वर्ल्ड नेपाल २०१८ श्रृंखला खतिवडालाई हौसला दिनभन्दै उनका परिवार र आफन्त आज चीन प्रस्थान गरेका छन् ।श्रृंखलाका पिता विरोध खतिवडाको नेतृत्वमा आमा मुनु सिग्देलसहित ३१ जनाको टोली बिहीबार दिउँसो १ बजे चीनतर्फ गएको हो ।

चीन जाने टोलिमा हेटौंडा उप महानगरपालिकाका उपमेयर मिना लामा,अनिल पाण्डे नबिन केसीलगायत रहेका छन् । श्रृंखलालाई हौसला प्रदान होस् भने अभिप्रायले परिवार , आफन्त र छरछिमेकको टोलि बिहीबार चीनतर्फ गएको हो ।

‘मिस वर्ल्ड मल्टिमिडिया अवार्ड’ र ‘ब्यूटी विद् अ पर्पस’ अवार्ड हात पार्दै वर्ल्ड २०१८ को उत्कृष्ट ३० मा पर्न सफल श्रृंखला मिस वल्र्डमा यो स्थान सम्म पुग्ने पहिलो नेपाली हुन् । मिस वल्र्डको अन्तिम प्रतिष्पर्धा मंसीर २२ गते हुने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

91 ÷ = 13