पशुपति विकास कोषको ‘नो भेहिकल जोन’ उल्लंघन, पशुपतिनाथ मन्दिरको मूलढोकै अगाडि सरकारी गाडी

  • 404
  •  
  •  
  •  
  •  
    404
    Shares

काठमाडौं, २१ मंसिर । पशुपति विकास कोषले करिब पाँच महिनाअघि पशुपतिनाथ मन्दिर परिसरलाई ‘नो भेहिकल जोन’ घोषणा गरेको थियो । सो कार्यक्रम घोषणा गरेकै दिन संस्कृति, नागरिक उड्डयन तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारीको सवारी मन्दिर परिसरमै राखिएको थियो ।

मन्त्री सवार गाडीको तस्बिर कसैले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरिदिएपछि मन्त्री अधिकारीले सार्वजनिक रूपमै माफी माग्दै आफूबाट गलत भएको र आइन्दा त्यसो नगर्ने स्पष्टीकरण दिएका थिए । मन्त्री अधिकारीको सो व्यवहारलाई आमजनताले मन पनि पराएका थिए । त्यसयता पशुपतिनाथ मन्दिर परिसरमा गाडी प्रवेशका रोक लगाइएको छ ।

तर, केही दिनअघि मात्रै उपराष्ट्रपति नन्दबहादुर पुनको सवारीमा रहेका गाडीहरू मन्दिर परिसरमै राखिएको थियो । उपराष्ट्रपति पुन चढ्ने बा१झ १८३२ नम्बरको गाडी त पशुपति मन्दिरको मूलढोकामै राखिएको छ । सो गाडीको नजिकै एक प्रहरी ट्वाल्ल परेर हेरेका देखिन्छन् । श्रद्धालु भक्तजनलाई भित्र पस्नसमेत अप्ठेरो हुने गरी मन्दिरको ढोकामै गाडी राखिएको देखिन्छ ।

यस्तै, मन्दिरको अगाडि रहेको भागमा यत्रतत्र उपराष्ट्रपतिको सवारीमा रहेका गाडी राखिएका छन् । गाडीको छेवै भएर प्रहरी हिँडिरहेका देखिन्छन्, तर उनले कुनै चासो दिएको देखिन्न ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 1 =