अब केहि घण्टा भित्र मिस वर्ल्ड घोषित हुने ! मिस वोर्ल्डको ताज लगाउछिन् त शृंखलाले?

  • 8K
  •  
  •  
  •  
  •  
    8K
    Shares

चीनको सान्या शहरमा डिसेम्बर ८ अर्थात् मंसीर २२ गते सम्पन्न हुने ६८ औँ संस्करणको मिस वर्ल्ड प्रतियोगिताको फाईनल भोटिंग खुलेको छ । अब दुई दिन भन्दा पनि कम समयमा विश्वकै कुन देशले मिस वर्ल्डको क्राउन लैजान्छ अनि यो विश्वले नयाँ मिस वर्ल्ड पाउनेछ । हिजोबाट मिस वर्ल्डको आधिकारिक पेजमा मिसवर्ल्ड २०१८ को फाईनल भोटिंग खुलेको जानकारी दिइएको छ ।

मुभ स्टार नामक एप्स डाउनलोड गरेर पनि शृंखलालाई भोट गर्न सकिन्छ । यसैबिच श्रृंखलाका बुबा बिरोध खतिवडा र आमा मुनु सिग्देलसँगै उनका आफन्तहरु र शृंखला का साथीहरु झण्डै २० जनाको टोली शृंखलालाई उत्साह दिन र मिस वर्ल्डको ताज नेपाल ल्याउन भन्दै चीनतर्फ उडीसकेका छन ।

अब आखिरी क्षणमा नेपालको प्रतिनिधित्व गर्ने शृंखलालाई जिताउन विशेष आग्रह गर्दै भोट मागीरहेको दृश्यले पनि अहिले ब्यापक रुपमा चर्चा पाइरहेको छ । अहिले सम्म नेपालीहरुको मायाले र भोटले शृंखलालाई जितको धेरै नजिक पुराइसकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 1 = 2