अशोक दर्जीको अर्को गीत ‘चौरीको चाम्रो छुप्री’ सार्वजनिक (भिडियो सहित)

  • 315
  •  
  •  
  •  
  •  
    315
    Shares

काठमाडौँ,२७ मंसिर । ‘मन बिनाको धन ठूलो की धन बिनाको मन’ बोलको गीतबाट सर्वाधिक चर्चा पाएका बाल गायक असोक दर्जीको अर्को गीत ‘चौरीको चाम्रो छुप्री’ सार्वजनिक भएको छ । उक्त गीतमा अशोकलाई गायक तथा संगीतकार टंक बुढाथेकी र टंकका छोरा एआर बुढाथोकीले साथ दिएका छन् ।

नारीलाई सम्मान गरौँ हत्या हिंसाको अन्त्य गरौँ भन्ने भावनाको साथ तयार पारेको गीतको शब्द र संगीत पनि टंक बुढाथोकीले नै तयार पारेका हुन् । भिडियोलाई निकै रमाइलो बनाउनको लागि अशोक दर्जी, एआर बुढाथोकी, टंक बुढाथोकी, डिजे रुपक , बासु कला मैनाली, दिपिका शर्मा लगायतका कलाकारले अभिनय गरेका छन् । कविराज गहतराजले निर्देशन गरेको उक्त म्युजिक भिडियोलाई सौरभ लामाले खिचेका हुन् भने अर्जुन दासले सम्पादन गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 2 = 5