शुक्रबारदेखि ६ दिन बैंक बन्द, एटीएममा पैसा रित्तिने

  • 1.8K
  •  
  •  
  •  
  •  
    1.8K
    Shares

काठमाडौं, ६ पुस । शुक्रबारदेखि आगामी बुधबारसम्म बैंक तथा वित्तीय संस्था बन्द हुने भएका छन् । क्रिसमस र अंग्रेजी नयाँ वर्ष सुरु हुनै लाग्दा सरकारी र निजी बैंकहरु बन्द हुने भएका हुन् ।

क्रिसमस पर्वका कारण बैंकहरू बन्द हुने भएकाले भारत सरकारले यो समयमा एटीएमबाट पनि पैसाको कमी हुन सक्ने भन्दै सबै तारतम्य मिलाउन नागरिकलाई आग्रह गरेको छ ।

भारत सरकारले बिहीबार नै सूचना जारी यसबारे जानकारी गराएको हो । क्रिसमस पर्व र नयाँ वर्षलाई ध्यान दिँदै भारत सरकारले कर्मचारीको सहुलियतका लागि बैंक बन्द गराएको हो । बैंकका कर्मचारीले भने बन्दको समय कम भएको भन्दै आन्दोलन गरेका छन् ।

सरकारले दिएको बन्दको समयमा दुई दिन सधैँझै बन्द परेको र बाँकी समय थप्नुपर्ने उनीहरुको माग छ । भारतमा सन् २०१९ आउनै लाग्दा तयारी तीव्र पारिएको छ । विभिन्न स्थानमा कार्यक्रम तय भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 7 = 1