सालको पात हिट हुँदा सफलता मनाउन सबै आए तर आइनन् बिष्णु माझी

  • 2.1K
  •  
  •  
  •  
  •  
    2.1K
    Shares

काठमाडौँ, लोक दोहोरीकै इतिहासमा नयाँ कृतिमान बनाउन सफल गीत हो ‘सालको पात’ । छोटो समयमा १ करोड ५० लाख भिउज बनाउदै यस गीतले यो रेकर्ड राखेको हो । हिजो राजधानीमा एक कार्यक्रमको आयोजना गरी गीतको टिमले पत्रकार र विभिन्न कलाकार बीच उक्त खुसी बाँडेको हो । कार्यक्रममा गीतका सर्जक बसन्त थापा, नवराज पन्त साथै गायक कुलेंद्र बिश्वकर्मा र मोडल मरिश्का पोखरेलको साथमा सम्पूर्ण टिम उपस्थित थिए तर गीतकै गायिका बिष्णु माझी भने आइनन् । हुन त उनलाई यस अघि पनि कुनै कार्यक्रममा प्राय देखिदैन । तर यस गीतमा जति अरु पक्षको तारिफ गरिएको छ , बिष्णु माझिको आवाजलाई पनि उत्तिकै रुचाइएको छ । कार्यक्रममा उपस्थित पत्रकार तथा अन्य व्यक्तित्वले बिष्णु माझीको नाम उदघोस हुँदा उनलाई देखिने आस गरेका थिए । तर उनि कार्यक्रममा अनुपस्थित थिइन् । एक अन्तर्वार्ताका क्रममा यसै गीतका गायक कुलेंद्र बिश्वकर्मालाई एक पत्रकारले बिष्णु माझीको अनुपस्थिति बारे प्रश्न गरेका थिए । घुमाउरो शैलीमा जवाफ दिंदै उनले भने ,’हामी पनि बिष्णु माझीलाई कार्यक्रममा ल्याउन चाहान्थ्यौ तर दुर्भाग्य उहाँ आउनु नै हुन्न ‘ । तपाईंहरुलाई पनि थाहा नै छ, उहाँ प्राय फंग्सन हरुमा पनि आउनु हुन्न’ उनले थपे ।

बरिष्ठ कलाकार नारायण रायमाझी , शर्मिला गुरुङ , राधिका हमाल, रामजी खान, शंकर बिसी, एक नारायण भण्डारी, कस्तुप पन्त लगायत अन्य दर्जनौं कलाकारको उपस्तितीमा सम्पन्न भब्य कार्यक्रममा बिष्णु माझीको कमि भने अवस्य सबैलाई महसुश भएको थियो ।

https://www.youtube.com/watch?v=Rz5bCAcgrag

https://www.youtube.com/watch?v=Rz5bCAcgrag

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

45 − 38 =