‘जानी नजानी’ को ‘एउटीलाई मुटुमा घर…’ बोलको गीतमा मनिष श्रेष्ठ र सुमी मोक्तानको आकर्षक नृत्य (भिडियो)

  • 184
  •  
  •  
  •  
  •  
    184
    Shares

काठमाडौं, १३ पुस । रोशनी केसी निर्मित ‘जानी नजानी’ को ‘एउटीलाई मुटुमा घर…’ बोलको गीत सार्वजनिक भएको छ । राजधानीमा बिहीबार आयोजित एक कार्यक्रममा गीत सार्वजनिक गरिएको हो ।

अम्बिका शर्माको शब्द रहेको गीतमा संगीत अर्जुन पोखरेलको रहेको छ । गीतमा स्वर अर्जुन र दुर्गा खरेलको रहेको छ । मनिष श्रेष्ठ र सुमी मोक्तान फिचर्ड गीतलाई कविराज गहतराजले कोरियोग्राफ गरेका हुन् ।

चैत १ गते रिलिज हुने चलचित्रमा मनिष र निरिशा बस्नेतसँगै सन्नी सिंह, नम्रता श्रेष्ठ, प्रकाश अधिकारी, कृष्णभक्त महर्जन, रोशनी केसीलगायतको अभिनय रहेको छ ।

आधुनिक प्रेमकथामा आधारित चलचित्रको कथा, पटकथा र संवाद सामिप्यराज तिमिल्सेनाले लेखेका हुन् । यसै चलचित्रमार्फत बसन्त अधिकारी निर्देशनमा डेब्यु गर्दैछन् ।

‘जानी नजानी’ मा प्रेमकथासँगै राष्ट्रियता र युवापुस्ताले बोध गर्नुपर्ने जिम्मेवारीलाई पनि देखाइएको छ । छायाँकन सञ्जय लामाको चलचित्रमा मोदनाथ खनाल र सागरकाजी मालीको निर्माण रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 2 = 4