‘हल्ला मच्चाए जस्तो सुस्त छैन सरकार’

  • 18
  •  
  •  
  •  
  •  
    18
    Shares

इलाम, १५ पुस (रासस) : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले वर्तमान सरकार विपक्षीले हल्ला मच्चाए जस्तो सुस्त नरहेको बताउनुभएको छ । 

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले सरकारले दीगो विकासको खाका कोरिरहेकाले ‘जादुमय’ विकास नदेखिएको प्रष्ट्याउनुभयो । “विकास र समृद्धि भनेको तत्काल देखिदैन, यो विस्तारै हँुदै जाने प्रक्रिया हो”, उहाँले भन्नुभयो । 
नेता रायमाझीले मुलुक नयाँ युगमा रूपान्तरण भएकाले सरकारसँग धेरै जिम्मेवारी रहेको उल्लेख गर्नुभयो । पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका उहाँले जनताका अपेक्षा बढी भएकाले पनि सरकारको काम चलायमान नदेखिएको दाबी गर्नुभयो । 
पुस मसान्तसम्ममा सबै सङ्गठनात्मक एकता सकिने गरी काम भइरहेको उहाँले जानकारी दिनुभयो । उहाँले लामो समयपछि स्थायी समितिको बैठक बसेर सबै विषयमा छलफल भएकाले एकताको काम छिट्टै हुनेमा विश्वस्त हुन आग्रह गर्नुभयो । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 1 = 1