बाबुरामले भने, सिधै निर्मातासँग नकिनी नक्कली कम्पनी खडा गरेबाटै दालमा कालो देखिएको हो, नैतिकता हुनेले राजीनामा दिउन्

  • 34
  •  
  •  
  •  
  •  
    34
    Shares

काठमाडौं, १९ पुस । नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईले वाइडबडी प्रकरणलाई अब जतिसुकै कुतर्कले ढाकछोप गर्न खोजे पनि नछोपिने बताउँदै नैतिकता हुनेले राजीनामा दिन आग्रह गरेका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले सिधै निर्मातासँग नकिनी नक्कली कम्पनी खडा गरेबाटै दालमा कालो देखिएको भन्दै वाइडबडीमा भ्रष्टाचार भएकै निष्कर्ष निकालेका छन् ।

नेपाल वायुसेवा निगमका दुईवटा वाइडबडी विमान खरिद प्रकरणमा संसदको सार्वजनिक लेखासमितिअन्तर्गतको उपसमितिले अनियमितता भएको ठहर गरेपछि राजनीतिक वृत्तमा यसले निकै चर्चा पाएको छ । सर्वसाधारणले समेत यो प्रकरणलाई निकै चासोका साथ हेरेका छन् ।

भट्टराईले अनियमिततामा संलग्न भएकाहरुलाई नैतिकताका आधारमा राजीनामा गर्न सुझाव दिएका हुन् । उनले बिहीबार बिहान ट्विट गर्दै भनेका छन्, ‘नैतिकता हुनेले राजीनामा दिउन्, नहुनेहरु गलहत्याइयून् ।’

‘फाटेको जालीले छेकेको, छेके पनि छर्लंगै देखेको’ बोलको जनवादी गीत उद्धृत गर्दैै उनले लेखेका छन्, ‘यो जनवादी गीतजस्तै वाइडबडी प्रकरणलाई अब जतिसुकै कुतर्कले ढाकछोप गर्न खोजे पनि छोपिन्न । सिधै निर्मातासँग नकिनी नक्कली कम्पनी खडा गरेबाटै दालमा कालो देखिएको हो, त्यसपछि त….।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

96 ÷ 12 =