प्रधानमन्त्री ओलीले आज संसदमा गर्ने सम्बोधन स्थगित, आइतबार जवाफ दिने

  • 12
  •  
  •  
  •  
  •  
    12
    Shares

काठमाडौं, १९ पुस । प्रधानमन्त्री केपी ओलीको बिहीबार संघीय संसदमा सम्बोधन गर्ने कार्यक्रम स्थगित भएको छ ।

अब ओलीले संसदमा आइतबार सम्बोधन गर्ने भएका छन् । कार्यव्यस्तता र तयारी नपुगेकाले प्रधानमन्त्री ओलीको आजको सम्बोधन स्थगित भएको हो ।

प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार आगामी आइतबार प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्ने भएका छन् । सम्बोधनमा उनले सरकारमाथि विपक्षीले लगाएको आरोपको जवाफ दिने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

45 ÷ = 45