कमल थापाको सरकारसँग माग, पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदा दिइयोस्

  • 37
  •  
  •  
  •  
  •  
    37
    Shares

काठमाडौं, १९ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदा दिन सरकारसँग माग गरेका छन् ।

देशको एकीकरण व्यवस्था र संस्थासँग सम्बन्धित नरहेको भन्दै उनले पुस २७ गते राष्ट्रिय एकता दिवस मनाउन र सो दिन सार्वजनिक बिदा दिन माग गरेका हुन् । थापाले बिहीबार सामाजिक सञ्जालमार्फत सरकारलाई सो आग्रह गरेका हुन् ।

‘अंग्रेज साम्राज्यले दक्षिण एसिया कब्जा गरिरहेको बेला राष्ट्र एकीकरण गरी नेपाली नाम, पहिचान र स्वतन्त्र देश दिने राष्ट्रनिर्माताको सम्मान गर्न संकोच मान्नु हुँदैन । पुस २७ गते राष्ट्रिय एकता दिवस मनाउन र सार्वजनिक बिदा दिन सरकारसँग आग्रह छ । एकीकरण राजनीतिक व्यवस्था–संस्थासँग सम्बन्धित होइन,’ उनले लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

40 ÷ 4 =