शक्तिशाली रेशम चौधरी, प्रचण्ड दिल्लीमा भेट्ने, सभामुख महरा झुकेर सपथ खुवाउने

  • 60
  •  
  •  
  •  
  •  
    60
    Shares

काठमाडौं, २० पुस । प्रधानमन्त्री केपी ओलीको निर्देशनमा अकस्मात जेलमा रहेका रेशम चौधरीलाई सांसदको सपथ खुवाइएपछि नेपाली राजनीति एक्कासि तातेको छ । जेलमा रहेका चौधरीलाई सांसदको सपथ खुवाएर लोगोसहित पुनः जेलमै पठाइएको छ ।

रेशम चौधरीलाई सांसद पदको सपथ खुवाउन राजपाले प्रधानमन्त्री ओलीलाई एक साताको अल्टिमेटम दिएको थियो । राजपा संयोजक राजेन्द्र महतोलाई धनुषाबाट चुनाव जिताएर ल्याउनेमा ओलीकै भूमिका थियो । नत्र सबै दलको छुट्टाछुट्टै मतभन्दा नेपाली कांग्रेसको मत धनुषा ३ मा धेरै थियो । रेशम चौधरीलाई सांसदको सपथ खुवाएपछि राजपालाई सरकारमा सामेल गर्ने गृहकार्य अघि बढेको छ ।

रेशम चौधरी कति शक्तिशाली हुन् भन्ने कुरा प्रधानमन्त्रीका रूपमा तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा जाँदा उनले एक होटलमा चौधरीलाई भेटेका थिए । जबकि चौधरी त्यतिबेला मोस्ट वान्टेड थिए ।

दिल्लीको राजकीय भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्ड र मोस्ट वान्टेडको सूचीमा रहेका फरार अभियुक्त चौधरी भेटेको तस्बिर बाहिरिए पछि प्रधानमन्त्रीको चर्को आलोचना भएको थियो । चौतर्फी आलोचनामा परेपछि प्रधानमन्त्रीको सचिवालयले भीडभाडमा परिचय नखुलाई भेट्न आएको प्रस्टीकरण दिएको थियो । तस्बिरमा नेपाल प्रहरीका डिएसी र सशस्त्र प्रहरीका इन्स्पेक्टरसँगै देखिन्छन् ।

रेशम चौधरीले भेटका क्रममा टीकापुर घटनामा निर्दोषलाई फसाइएको र आफू पनि निर्दोष रहेको प्रचण्डलाई प्रस्टीकरण दिएका थिए । प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जाने कुरा चलेसँगै रेशमले भेटका लागि पहल गरिरहेका थिए ।

बिहीबार सपथ खुवाउँदा सभामुख कृष्णबहादुर महरा चौधरीका अघि झुकेका छन् । तस्बिरमा महरा चौधरीसामु झुकेको प्रस्टै देखिन्छ । अरुलाई सपथ खुवाउने व्यक्ति जहिले पनि सिधा उभिएको हुन्छ, तर महराको झुकाईलाई लिएर अहिले रेशम चौधरी शक्तिशाली भएको हल्ला पिटाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 × = 18