चीनले बनायो अपराधी पत्ता लगाउन सक्ने अनौठो चस्मा ! जस्तोसुकै भिडमा पनि सजिलै चिनिन्छ अपराधी !

  • 74
  •  
  •  
  •  
  •  
    74
    Shares

एजेन्सी,२१,पुस । प्राविधिक विकासको क्रममा अन्य देश भन्दा अगाडी रहेको चिनले बेला बेलामा अनौठो अनौठो चिजहरुको आविष्कार गरेर तहल्का मच्चाउने गरेको छ । यसैक्रममा फेरि पनि एक अनौठो चस्मा आविष्कार गरेको कारण चर्चामा रहेको छ । यतिबेला भने अपराधी पत्ता लगाउन सुरक्षाकर्मीलाई सघाउन एउटा अनौठो चस्माको आविष्कार गरेको छ ।

विशेष गरेर सुरक्षाकर्मीको लागि बनाइएको यो चस्मा सुरक्षा सर्तकता अपनाउनको लागि निर्माण गरिएको बताइएको छ ।ठूलो संख्यामा अपराधीहरु रेल तथा अन्य सार्वजनिक यातायातमार्फत घट्ने भएकाले विशेष रुपले निगरानी गर्नको लागि यस्तो सर्तकता अपनाइएको अन्तराष्ट्रिय संञ्चारमाध्यममा खबरहरु उल्लेख छ ।

उक्त चस्माको सहायताले जस्तोसुकै भिडमा रहेपनि जिलै अपराधी पत्ता लगाउन सक्ने भएकाले यो चस्मा प्रयोगमा ल्याइसकेको बताइएको छ । यो प्रविधिको प्रयोग बढेसँगै अब चिनमा मानव तस्करी, हिट एन्ड रनसँग सम्बन्धीत अपराधहरु घट्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

50 ÷ 10 =