अमेरिकाको लस एन्जलसमा गोली चल्दा तीन जनाको मृत्यु

  • 50
  •  
  •  
  •  
  •  
    50
    Shares

वासिङटन, २१ पुस (रासस/एएफपी) – संयुक्तराज्य अमेरिकाको लस एन्जलस नजिकै बाउलिङ खेलका क्रममा गोली चल्दा तीन जनाको मृत्यु हुनुका साथै चार जना घाइते भएको प्रहरीले जनाएको छ । 

क्यालिफोर्निया प्रहरी कार्यालयका अधिकृत रोनाल्ड ह्यारिसले ग्याबल हाउस बाउलमा शुक्रबार राति करिब १२ बजे गोली चलेको आवाज सुनिएको बताउनुभयो । प्रहरीले सातै जना पीडितहरु पुरुष रहेको जनाएको छ । 

प्रहरीका अनुसार घटनास्थलमै तीन जनाको मृत्यु भएको थियो । घाइतेहरुलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । 

टोरेन्स प्रहरी विभागले ट्वीट गर्दैै स्थानीयवासीलाई बाहिर ननिस्कन आग्रह गरेको थियो । लस एन्जलसको मुख्य सहरी भागबाट घटनास्थल टोरेन्स करिब ३२ किलोमिटरको दूरीमा रहेको छ । 

अमेरिकी स्वास्थ्य अधिकारीहरुका अनुसार अमेरिकामा गोलीकाण्डमा परेर सन् २०१७ मा मात्र ४० हजारले ज्यान गुमाएका थिए । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

63 − 58 =