प्रधानमन्त्री ओलीले आज संघीय संसद्लाई सम्बोधन गर्ने

  • 34
  •  
  •  
  •  
  •  
    34
    Shares

काठमाडौं, २२ पुस । प्रधानमन्त्री केपी ओलीले आइतबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने भएका छन् ।

दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तय भएको उनको निजी सचिवलयले जानकारी दिएको छ । व्यस्तताका कारण प्रधानमन्त्री ओलीले बिहीबारको सम्बोधन स्थगित गरेका थिए ।

प्रधानमन्त्रीले समासमायिक विषयमा प्रतिपक्षी दल र सांसदहरुले उठाएका प्रश्नको सम्बोधन गर्ने बताइएको छ । खासगरी एयरबस खरिदमा आफ्नै सरकारका मन्त्री नै मुछिएपछि ओलीले संसदबाट त्यसको जवाफ दिने भएका छन् । उनले संसदमा गर्ने सम्बोधनको ड्राफ्ट शनिबार साँझ तयार भएको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

28 ÷ 4 =