आइतबार दिनभर मौसम बदली रहने, हुम्लामा हिमपात, दिपायलमा हल्का वर्षा

  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ, २२ पुस । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभरको मौसम आइतबार बदली हुने जनाएको छ । देशको पश्चिमी क्षेत्रमा दिनभर सामान्यदेखि पूर्ण बदली हुने मौसमविदको पूर्वानुमान छ ।

पश्चिमबाट आएको पश्चिमी न्यूनचापीय प्रणालीका कारण मौसम बदली भएको हो । दिउँसो यो प्रणालीको क्रमिक रुपमा मध्य र पूर्वका क्षेत्रमा पनि पर्ने भएकाले मध्य र पूर्वी क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुने जनाइएको छ । यसको प्रभाव सोमबारसम्म नै रहने मौसमविदले बताएका छन् ।

आइतबार पश्चिमका केही क्षेत्रमा हल्का पानी पर्ने सम्भावना रहेको छ । हुम्लामा शनिबार राति हिमपात भएको छ भने आज बिहानदेखि दिपायलमा हल्का वर्षा भइरहेको छ ।

काठमाडौँ उपत्यकामा पनि दिनभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहने छ । तराईका क्षेत्रको मौसम पनि बदली हुनेछ । काठमाडौँ उपत्यकामा आइतबार बिहानको न्यूनतम तापक्रम २.१ डिग्री मापन गरिएको छ । बादल लागेकाले न्यूनतम तापक्रम अघिल्ला दिनको तुलनामा केही बढेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 9 = 18