बलिउडका चर्चित यी कमेडियन यसरी बने १९० करोडका मालिक , कुनै बेला सडकमा बेच्थे पेन

  • 243
  •  
  •  
  •  
  •  
    243
    Shares

बलिउडमा यस्ता केही कलाकारहरु रहेका छन् । जो सुरुवातमा सानो कामहरु पेन बेच्ने , होटलमा भाँडा माझ्ने लगायतका कामहरु गर्थे ,। तर आज उनीहरु बलिउडका करोडपति भनेर चिन्छिन् । किनभने उनीहरुको कला र गलाले सही ठाउँ पाउनुको साथै आफ्नो कडा , मिहेनत र परिश्रमका कारण आज यस्तो अवस्थामा छन् । आज हामी त्यस्तै एउटा कलाकारको बारेमा कुरा गर्दै छौ । हेर्नुस् को हुन् ।

त्यस मध्येको बलिउडका चर्चित कमेडियन जोनी लिवर एक हुन् । कुनै बेला सडकमा पेन बेच्ने गर्थे तर आज उनी लगभग १९० करोडका मालिक भएका छन् । उनी आन्द्र प्रदेशको कनिगिरीमा तेलुगु क्रिश्चियन परिवारमा जन्मिएका एक गरिब ब्यक्ति हुन् । त्यसैले आफ्नो आर्थिक स्थिति कमजोर भएकै कारण ७ कक्षासम्म मात्र अध्ययन गर्न पाए । त्यसपछि आफ्नो पेट भर्नको लागी सडकमा पेन बेच्दै सडकमा विभिन्न कलाकारहरुको नाटक गरेर नाच्ने गर्दथे ।

त्यही क्रममा उनको त्यो क्षमता देखेर सुनील दत्तले आफ्नो साथमा जोनीलाई लिएर गए । त्यसपछि उनको नयाँ यात्राको सुरुवात भयो । उनले बलिउडमा सन् १९८२ मा फिल्म दर्दका रिश्ताबाट प्रवेश गरेका थिए ।त्यसपछि बाजीगर फिल्ममा पनि अभिनय गर्ने मौका पाए । त्यहाबाट उनलाई धेरै दर्शकहरुले रुचाए र उनी एक्कासी चर्चित बने ।

त्यसपछि उनको बलिउडमा धेरै फिल्महरु आउन थाले । ६१ वर्षीय जोनीले अहिलेसम्म ३५० भन्दा बढी चलचित्रहरुमा काम गरिसकेका छन् । भने हाल जोनी यही फेब्रुअरीमा प्रदर्शन हुने फिल्म टोटल धमाकामा अभिनय गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

90 − 88 =