प्रधानमन्त्री ओली, देउवा र प्रचण्डबीचको ‘गोप्य भेट’ अर्थहीन, कांग्रेसले आज पनि संसद चल्न नदिने

  • 5
  •  
  •  
  •  
  •  
    5
    Shares


काठमाडौं, २५ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सरकारप्रति कडा रूपमा प्रस्तुत हुने देखिएको छ । प्रधानमन्त्री केपी ओलीले संसदमा सम्बोधन गरेपछि प्र्रश्न सोध्न खोज्दा सभामुख कृष्णबहादुर महराले रोकेपछि कांग्रेस आक्रोशित भएको हो ।


प्रतिनिधिसभाको बैठक आज बोलाइएको छ । केही समयपछि सु? हुने बैठकमा कांग्रेसले प्रधानमन्त्री ओलीलाई प्रश्न सोध्न नपाएसम्म र जवाफ नआएसम्म कांग्रेस सांसदहरूले बैठक चल्न नदिने स्पष्ट पारिसकेका छन् ।


सत्ता पक्षको सरकार र सदन विपक्षीको भन्ने मान्यता नै छ । तर, सभामुख महराले संसदमा विपक्षीलाई पेल्न थालेपछि कांग्रेसले आपत्ति जनाएको हो । कांग्रेसको आपत्तिसँगै सरकार हच्केको छ । प्रधानमन्त्री केपी ओलीले सोमबार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवालाई बोलाएर असन्तुष्टि मेटाउन सहमति खोज्ने प्रयास गरेका थिए ।


नेकपा अध्यक्ष प्रचण्डले मंगलबार चितवन पुगेर प्रधानमन्त्री, देउवा र आफूसहितको बैठक बालुवाटारमा बसेको र राष्ट्रिय मुद्दामा मिलेर जाने सहमति भएको खुलासा गरेका थिए । सरकारले प्रतिनिधिसभाको बुधबारको बैठकमा संघीयता कार्यान्वयनका लागि आवश्यक पर्ने विभिन्न ६ वटा विधेयक प्रस्तुत गर्ने बिजनेस दिएको छ । तर, कांग्रेसले संसद अव?द्ध गर्ने जनाउ दिएसँगै ती सबै कार्यतालिका प्रभावित हुने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

43 + = 44