नेपाली चलचित्रका चर्चित सेलिब्रेटीको पहिलो रोजाइ बन्दै ‘हेयर एन्ड शान्ति’ सैलुन

  • 984
  •  
  •  
  •  
  •  
    984
    Shares

काठमाडौं, २५ पुस । प्रतिष्ठित सैलुन ‘हेयर एन्ड शान्ति’ ले नेपालमा पनि आफ्नो शाखा विस्तारलाई तीव्र बनाएको छ । दुई वर्षअघि काठमाडौंस्थित दरबारमार्गमा शाखा खोलेको उक्त सैलुन पछिल्लो समय नेपाली चलचित्रका चर्चित सेलिब्रिटीको पहिलो रोजाइ बन्न थालेको छ ।

अंग्रेजी नयाँ वर्षको अवसर पारेर ‘हेयर एन्ड शान्ति’ ले ठमेलको छायाँ सेन्टर र जावलाखेलको मिनिसो एन्ड क्याफे कफी भवनमा आफ्ना दुई शाखा खोलेको छ । जहाँ अहिले ग्राहकको भीड लाग्न थालेको छ । ‘हेयर एन्ड शान्ति’ को भारतका विभिन्न प्रान्तमा १५ भन्दा बढी शाखा खुलेका छन् ।

‘हेयर एन्ड शान्ति’ की प्रबन्ध निर्देशक अनुजा श्रेष्ठ हुन् । ‘हामी नेपाली हौं, भारतमा जतिसुकै राम्रो व्यापार गरे पनि आफू जन्मिएको ठाउँका ग्राहकलाई पनि सेवा दिनुपर्छ भन्ने सोचअनुसार नेपाल छिरेका हौं,’ हेयर स्टाइलिस्ट श्रेष्ठले भनिन, ‘चाँडै चितवनको नारायणगढमा शाखा बिस्तार गर्दैछौं । त्यसपछि पोखरा, बुटवल, नेपालगन्जलगायतका प्रमुख सहरमा शाखा खोल्ने छौं ।’

रेखा थापा, पल शाह, पूजा शर्मा, दिपाश्री निरौला, छुल्ठिम गुरुङ, प्रशान्त ताम्राकार, रमेश उप्रेती, पूर्व मिस नेपाल अश्मि श्रेष्ठ, नायिका वर्षा राउत, गायक रामकृष्ण ढकाल, प्रमोद खरेल, गायक हिमाल सागरलगायत दर्जनौं सेलिब्रेटीले नियमित रूपमा ‘हेयर एन्ड शान्ति’ सैलुनमा सेवा लिने गरेका छन् । सैलुनले सेलिब्रेटी मात्रै होइन, सम्पुर्ण ग्राहकलाई विशेष सहुलियतमा सेवा दिने गरेको छ ।

नेपाल भारतका विभिन्न ठाउँमा खुलेका हेयर एन्ड शान्ति सैलुनका शाखामा पाँच सय बढीले रोजगारी पाईरहेका छन् । नेपालमा मात्रै ७० जनाभन्दा बढीलाई रोजगारी दिएको सैलुनकी निर्देशक अनुजा श्रेष्ठ बताउँछिन् । सन् २००१ मा विश्व शान्ति श्रेष्ठले भारतबाट ‘हेयर एन्ड शान्ति’ सैलुनको सुरुवात गरेकी हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

80 + = 84