कोमल वलीले सरकारलाई सोधिन्, किन अहिलेसम्म रामबहादुर बम्जनलाई पक्राउ नगरेको ?

  • 95
  •  
  •  
  •  
  •  
    95
    Shares

काठमाडौं, २५ पुस । नेकपा सांसद कोमल वलीले तपस्वी रामबहादुर बम्जनलाई अहिलेसम्म किन पक्राउ नगरिएको भन्दै सरकारको आलोचना गरेकी छन् ।

सांसद वलीले राष्ट्रियसभाको मंगलबारको बैठकमा बम्जनले महिलामाथि हिंसा गरेको सार्वजनिक हुँदा पनि पक्राउ नगरेकोमा आपत्ति प्रकट गरिन् ।

शून्य समयमा बोल्दै वलीले सानो बुद्ध भनेर बसेका तपस्वी बम्जनले महिलामाथि हिंसा गरेको र महिला बेपत्ता पारेका भनी पीडित पक्ष स्वयं आउँदासमेत प्रहरीले पक्राउ नगरेकोमा सरकारको आलोचना गरेकी हुन् ।

उनले सञ्चारमाध्यममा करिब एक हप्ताभन्दा अगाडिदेखि नै सो घटना सार्वजनिक भएको उल्लेख गर्दै घटनाको बारेमा तत्काल अनुसन्धान गर्न र कारवाहीको प्रक्रिया अगाडि बढाउन मागसमेत गरिन् ।

हालसम्म बम्जनलाई किन पक्राउ नगरिएको हो भन्नेबारे राष्ट्रिय सभालाई जानकारी दिन पनि उनले सरकारसँग माग गरिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × = 6