रूदै जापान गएका दोस्रो नेपाल आइडल रबि खुसी भएर फर्किए नेपाल

  • 425
  •  
  •  
  •  
  •  
    425
    Shares

काठमाडौँ,२५ पुस । नेपाल आइडल सिजन २ का पाँच प्रतियोगिहरुले जापानमा पहिलो प्रस्तुति सकेर नेपाल फर्किएका छन् । पहिलो अन्तराष्ट्रिय सांगीतिक यात्रामा टप पाँचमा पर्न सफल नेपाल आइडल सिजन २ का आइल रबि ओड, बिक्रम बराल, अस्मिता अधिकारी, सुमित पाठक, र अमित बराल जापान गएका थिए ।

नेपाल आइडलको फिनाले सकेर विश्व सागीतिक यात्रामा जापान पुगेका उनीहरुले जापानको फुकोवो, नागोया र टोकियोमा आयोजित कार्यक्रममा आफ्नो प्रस्तुति दिएका थिए । जापान बाट फर्केपछि सञ्चार माध्यमसँग कुरा गर्दै पाँचै जना आइडलले जापानमा रहँदा पाएको माया र खुसी साटेका छन् ।जापान भ्रमण बाट धेरै नयाँ कुरा सिक्न पाएको नेपाल आइडल सिजन २ का रवि ओडले बताएका छन् ।

जापानमा पुगेपछि सबै नेपालीले अफुहरुलाई राम्रोसँग स्वागत सत्कार गरेको र स्टेज सोमा पनि जापनबासी नोपालीहरुले निकै हौसला दिएकोमा खुसी रहेको बताए ।
नेपाल आइडल सिजन २ का फस्ट रनरअप बिक्रम बराल भन्छन्, जापानमा भएको पहिलो कार्यक्रम निकै रमाइलो भयो । जापान बासी देख्दा पनि नेपाली जस्तै लागेको र जापनमा चिसो बढी भएको बताए ।

सेकेण्ड रनरअप सुमित पाठक पनि जापान आफुहरुले पाएको माया र सत्कारले खुसी भएको बतउँछन् । उनी भन्छन्, ‘जापानमा पनि धेरै नेपाली भएको र आफुले सोचेभन्दा बढी सम्मान पाएको धेरै खुसी छौँ ।’ पहिलो पटक भएको अन्तराष्ट्रिय सांगीतीक कार्यक्रमले आफुहरुलाई धेरै कुरा सिक्ने अवसर पाएको बताउँछिन् नेपाल आइडल सिजन २ की थर्ड रनरअप अस्मिता अधिकारी ।

आफुहरुले पहिलो पटक दिएको प्रस्तुतिमा झुमेर रमाइलो गर्दिनुभएको मा जापान बासी नेपालीलाई धन्यवाद समेत दिएकी छन् । अर्का आइलड अमित बराल पनि जापानमा रहेर पनि नेपाली गीत संगीतलाई मन पराइदिने माया गर्ने सबैजना प्रति खुसी रहेको र आफुहरुलाई राम्रोसँग स्वागत सत्कार गरेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

94 − 85 =