विश्वकै सबैभन्दा धेरै चिसो हुने शहरमा किन बस्छन् मानिस ? यस्तो छ वास्तविक कारण

  •  
  •  
  •  
  •  
  •  

एजेन्सी,२५ पुस । संसारकै सबैभन्दा चिसो ठाउँ रुसको सूदूर शहर याकूत्स्कमा २,३ र ४ डिग्रीको आसपासमा तापक्रम मापन गरिन्छ । त्यहाँको तापक्रम ५० डिग्री सेल्सिियस भन्दा काम रहेको छ । रुसको आर्टिक रेखाबाट ४५० किलोमिटर उत्तर क्षेत्रमा रहको यो शहर पोर्ट सिटीको नामले चिनिन्छ ।

लेना नदीको किनारमा अवस्थित यो शहरको जनसख्या २ लाख ५० हजार रहेको छ भने १६२२ मा स्थापना भएको उक्त शहरमा सुन र खनिज पदार्थको भण्डार रहेको कारण निकै लोकप्रिय रहेको छ । सुन खनिज पदार्थको खानी रहेको यो शहरमा तिब्र जनसँख्या वृद्धि हुन थालेको छ । तकू मूलका यातूक ब्यक्तिहरुको मातृभूमि भनेर चिनीने यो शहरमा १३औँ, १४ औँ शताब्दीमा बयकाल झीलको किनारबाट ती मानिसहरु यो शहरमा बसोबास गर्न आएको मानिएको छ ।

यसरी रुसी राज्यको विस्तार भएपछि सन् १६३२ मा उक्त बस्ती फैलिएके र प्योत्र बेकेतोवले किल्ला समेत निर्माण गरेको हो । नोभेम्बर १८ देखि सुरु हुने जाडो मौसम १ मार्च सम्म रहन्छ । औसत तापक्रम २३ डिग्री सेल्सिियर रहेको छ । यहाँ सबैभन्दा धेरै जाडो जनवरीमा हुने गर्छ । माइनस ३६ डिग्री सेल्सिियस र न्यूनतम तापक्रम माइनस ४१ डिग्री सेल्सियस रहन्छ । यो ठाउँको तापक्रम प्राय ५६ डिग्री सेल्सियस सम्म नै रहन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 7 = 1