मलाइका अरोडा देखि संजय दत्तसम्म, जसको ‘अफेयर’ झगडाका कारण चर्चित बने

  • 25
  •  
  •  
  •  
  •  
    25
    Shares

काठमाडौं। बलिउडमा सम्बन्ध बन्ने र बिग्रिने भइरहन्छ । यो कुनै नौलो कुरा हो । आज भन्दा चार बर्ष अघि ऋतिक रोशन र सुजैन रोशनबीच अचानक डिभोर्स भएको थियो । बलिउडमा यस्ता धेरै ब्रेकअप देख्न पाइन्छ । यहाँ बलिउडका केही आश्चार्यजनक ब्रेकअपका बारेमा चर्चा गरिएको छ ।

ऋतिक रोशन र सुजैन खान

उनीहरुबीच २०१४ मा डिभोर्स भएको थियो । जसले सबैलाई आश्चर्यमा पारेका थियो । उनीहरुबीच अफयेरको खबरका कारण डिभोर्स भएको बताइन्छ ।

अरबाज खान र मलाइका अरोडा

अरबाज र मलाइकाको १८ बर्ष लामो सम्बन्ध टुटेको थियो । दुवै अरुसँगै अफयेरर्समा रहेका कारण उनीहरुले डिभोर्स गरेको बताइन्छ ।

जोन अब्राहम र बिपाशा बसु

यी दुईको ब्रेकअप कुनै डिभोर्स भन्दा कम थिएन । दुवैले विवाह समेत गरेको बताइन्छ । तर यसको घोषणा भने गरिएको थिएन् ।

रणबीर कपूर र दीपिका पादुकोण

रणबीर मायामा पागल थिए र दीपिकाको नामको ट्याटु समेत बनाएका थिए । तर दुवैको अचानाक बे्रकअप भयो । जसले फ्यानलाई आश्चर्यचकित बनाएको थियो ।

सलमान खान र ऐश्वर्या राय

सलमान र ऐश्वर्याको सम्बन्ध बलिउडको चर्चित लभस्टोरी मध्ये एक हो । दुवै एक अर्कालाई धेरै माया गर्थे तर उनीहरुको ब्रेकअप भयो ।

सुशान्त सिंह राजपूत र अंकिता लोखंडे

एकपटक यी दुईले विवाह गरेको बताइन्थ्यो । सुशान्तले बलिउडमा डेब्यू गरेपछि अंकितासँग ब्रेकअप भएको थियो ।

जेनिफर र करण

करण र जेनिफरले विवाह गरेको एक बर्षसम्म सम्बन्ध टिक्यो । त्यसपछि उनीहरुबीच डिभोर्स भएको थियो ।

अनुराग काश्यप र कल्कि कोचलिन

यी दुईले बलिउडलाई दुई झट्का दिएका थिए । अचानक विवाह गरेका उनीहरुको अचानक डिभोर्स भएको थियो ।

करिश्मा कपूर र संजय कपूर

करिश्माले अभिषेक बच्चनसँग विवाह तोडेर संजयसँग विवाह गरेकी थिइन् । केही समय उनीहरु निकै खुसी भएको बताइन्थ्यो । तर पछि डिभोर्स भयो ।

संजय दत्त र रिया पिल्लाई

संजय दत्त र रिया पिल्ल्लाईको डिभोर्स रियाको अफेयरको खबर मिडियामा आएपछि भएको थियो । त्यो बेला संजय दत्त र माधुरी दीक्षितबीचको अफेयरको खबर पनि निकै चर्चामा थियो । एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

80 ÷ = 8