यी हुन आफ्नो मुटु झोलामा बोकेर हिड्ने महिला

  • 435
  •  
  •  
  •  
  •  
    435
    Shares

हृदयघात भएर आफ्नो मुटु काम नलाग्ने भएपछि कृतिम मुटु झोलामा बेकेर हिड्ने यी महिलाको दुई सन्तान रहेका छन् ।२९ वर्षिय सेल्वा हुसैनलाई बचाउन चाहेका उनका श्रीमान अलले डाक्टरको सल्लाह अनुसार सहमति भएपछि हृदयघात भएको ६ घण्टामा उनको मुटु फालेर कृतिम मुटु राखिएको हो । उनलाई कृतिम मुटु राख्नको लागि अमेरिकी डलर १ लाख १६ हजार खर्च भएको थियो ।

गर्भअवस्थामा हुने कार्डिओमाइओप्याथीको कारण सेल्वालाई हृदयघात भएको थियो । कृतिम मुटु सञ्चालन गर्नको लागि उनलाई प्लास्टिकको च्याम्बर भएको मुटु छातीभित्र राखिएको छ । त्यसको लागि उनको मुटु सञ्चालन गर्ने यन्त्र भने बाहिर नै झोलामा राख्नुपर्ने भएकाले ब्याट्रीबाट चल्ने पम्प र इलेक्ट्रिक मोटर भएको यन्त्रले पाइपमार्फत् उनको शरिरको यन्त्रले पाइपमार्फत मुटुमा हावा पुर्याउछ र उनको शरिरमा रक्त सञ्चार हुन्छ ।

सर्जरीपछि लामो समयको रेस्टपछि उनी अहिले स्वस्थ छिन् । सधै उनको झोलामा मुटु बोकेर हिड्ने गर्छिन् । उनलाई अहिले कुनै पनि समस्या छैन् । मृत्युको मुखमा पुगेर पनि आफुलाई बचाउने डाक्टरहरु प्रति निकै आभारी भएको सेल्वाले बताएकी छन् ।
उनले खुसी हुँदै उहाँहरुको उपायले बाच्न पाएको र नयाँ वर्ष मनाउन पाएकोमा खुसी ब्यक्त गरेकीछन् । सेल्वा कृत्रिम मुटु प्रयोग गर्ने दोस्रो महिला हुन् । उनी भन्दा अगाडी कृत्रिम मुटु प्रयोग गरेका ५० वर्षिय एक पुरुषमा पनि कृत्रिम मुटु राखिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 × = 90