बिजुलीको झड्काले दुवै हात खुट्टा गुमाएका कृष्णकी श्रीमतीले सहयोगको लागी गरिन् यस्तो आग्रह !

  • 128
  •  
  •  
  •  
  •  
    128
    Shares

रुकुमको पश्चिम सानोभेरी नगपालिका वडा नम्बर ९ का २१ वर्षीया कृष्ण ओलिको जीवनमा घटेको घटनाले अंधिकाश नेपालीको मन दुखेको छ । सानैबाट आमाबुबाको माया र स्नेहबाट टाढा रहेका कृष्णका सपनाहरु यतिबेला अधुरो भएको छ ।
शान्त, मिजासिलो, बोली, हँसिलो मुहार भएका उनले सानैमा ठुलो जिम्मेवारी बोकेका थिए । क्रृण र सापट गरेर इलेक्ट्रिक सबइञ्जिनियर पढेका उनले केहि वर्ष अघि काभे्रकी रुपासगँ विवाह गरेका थिए । उनलाई जीवनसाथी हजरुआमाले रोजिदिएका हुन् । सानैमा आमाबुबाको माया गुमाएपनि हजुरआमा साथ भने कृष्णले पाएका थिए ।

आफू इलेक्ट्रिक सबइञ्जिनियर पढेका कृष्णले श्रीमतीलाई पनि स्टार्फ नर्स पढाउन भनेर काठमाडौंमा पठाएका थिए । उनको सपना श्रीमतीलाई आफुले जस्तो सुकैदुःख कष्ट सहेर भएपनि नर्स बनाउने थियो । केहि वर्ष यता उनीहरुले दुई मिलेर आफ्नै गाउँको सिम्ली बजारमा होटेल पनि चलाएका थिए । कृष्णले वैशाखको पहिलो साताबाट तुलसीपुर दाङको विद्युत कार्यालयमा साइट सुपरभाइजरको काम पाएका थिए ।

आशलाग्दो जिन्दगी बोकेका कृष्णको जीवनमा एक्कासी दुःखत घटना घट्यो । साइट सुपरभाइजरको काम पाएका उनको जेठ २५ गते कालो दिन बन्यो । त्यो दिन, तुलसीपुर उपमहानगरपालिका वडा नं। १४ बखरिया भन्ने ठाउँमा ग्राहकहरुलाई विद्युतको लाइन प्रवाह गर्नको लागी कृष्ण पोलमा चढेका थिए, लगभग तार जोडेने काम सकिएको थियो तर त्यतिबेला एक्कासी ११ हजार भोल्टेजको करेन्ट लागेर उनको दुईटै हात र एउटा देब्रे खुट्टा गुम्यो ।

नजिकैको मिलवाल साहुले लाइन अन गरिदिएपछि उनलाई करेन्ट लागेको हो । साथमा रहेका सहयोगीहरुले तत्काल उपचारको लागी एम्बुलेन्स बोलाएका थिए उनलाई पहिले कोहोलपुर मेडिकल कजेल लगिएको थियो त्यहाँ उपचार सम्भव नभएपनि नेपालगन्ज लगियो र त्यहाँ पनि सम्भव नभएपछि भारतमा लगिएको हो ।

कृष्णको उक्त खबरले बेहोसमै काठमाडौंबाट भारत पुगेकी श्रीमती रुपाले काठमाडौं ल्याइकी हुन् । करिब १८ दिन भारतमा उपचार गरेपछि उनको सास त आयो तर दुवै हात र एउटा खुट्टा काट्नु पयो । उनको उपचारको लागी धेरै खर्च भएको रुपा बताउँछिन् ।
उनी भन्छिन्, ५० लाख भए हात खुट्टा जोड्न मिल्थ्यो र अझै ५० लाख तिर्न बाकी नै छ । उनले यतिबेला हात खुट्टा जोड्नको लागी सबैलाई सहयोग गर्न अपिल गरेकी छिन् । सहयोगको लागी कृष्ण ओलीकै नाममा सनराइज बैंक काठमाडौं, कालिमाटी शाखामा रहेको खाता नम्बर ०७७०५०३१६५२०५००१ र मोबाइल नम्बर ९८०३७४५७०८ मा सम्पर्क गर्न सकिने बताइएको छ ।
सगैं जीउँने बाचा कसम खाएर बिहे गरेको र सदैभ श्रीमान्कै साथमा रहने उनी बताउँछिन् ।

विवाहको वर्षगाँठ आफ्नो साथीभाईलाई बोलाएर मनाएका कृष्णको भोलिपल्ट यस्तो घटना घटेको हो । अहिले उनीहरु काठमाडौंको कुलेश्वरमा बस्दै छन् । कृष्णको दुवै हात छैनन्, देब्रे खुट्टा छैन, देबे्र खुट्टालाई तीन पटकसम्म काटियो । रुपाले नेपाली दाजुभाइ दिदी बहिनी आफ्नै हुन् र अप्ठ्यारो मद्धत गर्छन् भन्ने ठुलो विश्वास लिएकी छिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 9 = 72