सिंहदरबार पूर्बी गेट अगाडि खुल्यो ‘सहयात्रा’ रेष्टुरेण्ट

  • 60
  •  
  •  
  •  
  •  
    60
    Shares

काठमाडौं : लामो समय मलेसियामा वैदेशिक रोजगार देखि विभिन्न पेशा व्यवसायमा सक्रिय रहेर स्वदेश फर्किएका नेपाली युवाले सामूहिक लगानीमा राजधानीमा रेष्टुरेण्ट संचालन गरेका छन् । राजधानीको अनामनगर, सिंहदरबार पूर्बी गेट अगाडि उनीहरुले ‘सहयात्रा’ नामक रेष्टुरेण्ट संचालन गरेका हुन् ।

हालै मलेसियाबाट फर्किएका युवाहरुले मलेसिया रिटर्नी समाज गठन गरेका थिए । सोही समाजमा आवद्ध विनोद बस्नेत, उमेश खड्का, रामचन्द्र नेपाल, दिनेश खड्का, बुद्धि भट्टराइ, सुनिता लामा शाक्य, डोरबहादुर सुनारलगायत ८ जना मिलेर सुरु गरिएको सो रेष्टुरेण्टको बुधवार युवा परिषद्का उपाध्यक्ष माधव ढुंगेलले उद्घाटन गरे ।

उनले वैदेशिक रोजगारबाट फर्केका युवाले यसरी स्वदेशमा नै उद्यम सुरु गर्नु सह्रानिय काम भएको बताए । करिव १० लाख रुपैयँको लगानीमा शुरु गरिएको सहयात्रा रेष्टुरेण्टले मध्यम वर्गीय उपभोक्ताहरुलाई लक्षित गरेको छ ।

सो अवसरमा मलेसिया रिटर्नी समाजका अध्यक्ष सुनिल चालिसे, महासचिव रामचन्द्र नेपाल लगायतले सो मलेसिया रिटर्नीहरुको सामूहिक सहकार्यको थालनीको प्रयासको रुपमा रेष्टुरेण्ट संचालन भएको बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 3 = 3