ओली सरकारलाई विश्वप्रकाशको चेतावनी, ‘डा. केसीसँगको सहमति कार्यान्वयन गर्छौ की देशव्यापी आन्दोनलको समना गर्छौ ?

  • 38
  •  
  •  
  •  
  •  
    38
    Shares

काठमाडौंः नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले डा. गोविन्द केसी पुनः अनशन बस्नुपर्ने अवस्था कम्युनिष्ट सरकारका कारण निम्तिएको बताएका छन् । चिकित्सा शिक्षा सुधारका विभिन्न माग राखेर पटक–पटक आमरण अनशन बस्दै आएका त्रिवि शिक्षणअस्पतालका चिकित्सक गोविन्द केसी १६ औं पटक आमरण अनशन बसेका छन् । यसपटक अनशन बस्न केसी इलाम पुगेका छन् ।

१५ औं अनशनका क्रममा आफूसँग भएको सहमतिअनुसार संसदको शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयक पारित नगरेको भन्दै केसी अनशन बसेका हुन् ।

शर्माले जुम्ला अनशन पछिको सहमति तोडेर इलाम अनशन सरकारलेनै निम्त्याएको बताएका छन् । अध्यादेश मार्फत केसीका मुख्य माग कांग्रेस नेतृत्वको अघिल्लो सरकारले पूरा गरेको उनको भनाइ छ । उक्त अध्यादेश ओलि सरकारले नउल्ट्याएको भए आजको द्वन्द्व सृजना हुने अवस्था नै नआउने शर्माले बताएका छन् ।

शर्माले केसीको अनशनसँगै सरकार सामु तीन प्रश्न एकसाथ उब्जिएको समेत बताएका छन् । उनले ट्वीटमा भनेका छन्, ‘डा केसिको इलाम अनशन शुरुसंगै तिनप्रश्न प्रधानमन्त्रीका सामु एकसाथ उब्जिएका छन् । १. आफ्नै अग्रसरतामा भएको सहमति उल्ट्याउने को छ नेपथ्यमा शक्तिशाली ? २. आजको विमतीलाई सहि भन्ने कि हिजोको सहमतिलाई ? ३. अबको समाधानः हिजोको सहमतिमा तत्काल फर्कने कि देशब्यापी प्रदर्शन पर्खने ?’

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 5 = 1