नेकपा सांसद उषाकला राई बसिन् आमाको किरियापुत्री, पति शेरबहादुर तामाङले गरे प्रशंसा

  • 88
  •  
  •  
  •  
  •  
    88
    Shares

काठमाडौं, २६ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की प्रतिनिधिसभा सदस्य उषाकला राई आमाको किरियापुत्री बसेकी छन् । राईकी ममतामयी आमा लक्ष्मी राईको उपचारको क्रममा बुधबार ग्रान्डी अस्पतालमा निधन भएको थियो ।

बाबुआमाको निधन भएपछि छोरा किरियापुत्री बस्ने प्रचलन छ । तर, सांसद राई आफैं किरियापुत्री बसेकी छन् । आफ्नो कपाल खौरेर राई किरियापुत्री बसेको उनका श्रीमान् शेरबहादुर तामाङले जानकारी गराएका छन् ।

पूर्वमन्त्रीसमेत रहेका तामाङले श्रीमती आमाको किरियापुत्री बसेकोमा प्रशंसा गरेका छनु । ‘आज आफ्नो ममतामयी आमा लक्ष्मी राईको निधनमा वास्तविक किरियापुत्री (शब्दमा किरियापुत्री भने पनि पुरुष अर्थात् पुत्र बस्ने चलन) बस्ने र समाजलाई देखाउनुभएको छ । यो अभियानमा संलग्न अन्य अग्रज नारीहरुलाई मेरो लाखौंलाख सलाम,’ तामाङले सामाजिक सञ्जाल फेसबुकमा राई किरियापुत्री बसेको तस्बिर पोस्ट गर्दै लेखेका छन् ।

पूर्वकानुनमन्त्रीसमेत रहेका तामाङ लेख्छन्

उषाजी तपाईं साँच्चै महान हुनुहुन्छ । छोरीलाई छोरासरह समान अधिकारको लागि निरन्तर लडिरहने तपाईले पहिलो संविधानसभाको सदस्य भएर मौलिक अधिकार समितिमा बसेर त्यसको लैंगिक उपसमितिको संयोजक भएर सम्पुर्ण नेपाली नारीको अधिकारलाई लिपिबद्ध गर्दै नेपालको संविधानमा महिलाको वंशको अधिकार स्थापित गर्न सफल हुनुभयो । आज आफ्नो ममतामयी आमा लक्ष्मी राईको निधनमा वास्तविक किरियापुत्री (शब्दमा किरियापुत्री भने पनि पुरुष अर्थात पुत्र बस्ने चलन) बस्ने र समाजलाई देखाउनुभएको छ । यो अभियानमा संलग्न अन्य अग्रज नारीहरुलाई मेरो लाखौंलाख सलाम । महिला र पुरुषलाई लैंगिक हिसाबले गरिएको बिभेदको संवैधानिक र कानुनी हिसाबले अधिकांश अन्त्य भए पनि व्यावहारिक हिसाबले अन्त्य गर्न तपाईंहरु जस्तै नारीहरुको अग्रज कदमले योगदान पुग्नेमा हामी विश्वास गर्दछौ । मेरो सधैं तपाईप्रती सम्मान र समर्थन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

60 ÷ = 6