‘वेद’ लाई साक्षी राखेर नेपाली मूलका ह्यारी भण्डारीले मेरिल्यान्ड राज्य सांसदको लिए सपथ (तस्बिर)

  • 1
  •  
  •  
  •  
  •  
    1
    Share

काठमाडौं, २६ पुस । नेपाली मूलका अमेरिकी नागरिक ह्यारी भण्डारीले मेरिल्यान्ड राज्य सांसदको लिए सपथ लिएका छन् । भण्डारीले बुधबार ‘वेद’ लाई साक्षी राखेर सांसदको सपथ लिएका हुन् ।

अमेरिकामा बाइबल छोएर सपथ लिनुपर्ने व्यवस्था छ । तर, भण्डारीले हिन्दु ग्रन्थ ‘वेद’ लाई छोएर सांसदको सपथ लिएका हुन् । भण्डारीले मेरिल्यान्ड राज्यको डिस्ट्रिक ८ को स्टेट डेलिगेटका रूपमा राजधानी एनापलिसस्थित स्टेट हाउसमा बुधबार अपरान्ह सपथ लिए ।

अमेरिकामा यो स्तरमा चुनाव जित्ने भण्डारी पहिलो नेपाली मूलका व्यक्ति हुन् । उनले वेदलाई साक्षी राखेर सपथ गरेको सन्दर्भमा भने, ‘म आफू हिन्दू धर्मवालम्वी हुँ र यसमा मलाई गर्व छ । मैले जसरी मेरो पूजामा हिन्दू धर्मका ग्रन्थहरू पढ्छु, त्यसरी नै राजनीति मेरो पूजा भएकाले मैले सपथ लिँदा वेदलाई साक्षी राखेको हुँ । यो मेरो आस्था र विश्वासको कुरा हो । अमेरिका धर्मनिरपेक्ष राष्ट्र भएकाले यहाँ सबैलाई यो छुट छ । म अरू सबै धर्मको सम्मान गर्छु र मेरो धर्मलाई माया गर्छु । यो त्यसैको प्रतीक हो ।’

सपथ ग्रहण समारोहमा गैरआवासीय नेपाली संघ अमेरिकाका अध्यक्ष डा.केशव पौड्याल, अमेरिकी नेपाली डायस्पोराका अग्रज व्यक्तित्व डा. श्याम कार्कीलगायत सहभागी भएका थिए ।

तस्बिर : गौतम दाहालको फेसबुक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 32 = 40