बुर्टोनको पोष्टमा म्यान्चेस्टर सिटीको नौ गोल, जेसुसले गरे चार गोल

  • 11
  •  
  •  
  •  
  •  
    11
    Shares

काठमाडौंः म्यान्चेस्टर सिटीले काराबाओ कपको सेमिफाइनलअन्तर्गत पहिलो लेगमा बुर्टोनलाई भारी गोलअन्तरले पराजित गरेको छ । आफ्नै घरेलु मैदान इतिहाद रंगशालामा भएको खेलमा सिटीले बुर्टोनको पोष्टमा गोलको वर्षा गर्दै ९–० गोलअन्तरले जित हात पारेको हो ।फराकिलो गोलअन्तरले बुर्टोनलाई पराजित गर्ने क्रममा सिटीका गाब्रियल जेसुसले हृयाट्रिकसँगै चार गोल गरे । त्यस्तै, केभिन डे ब्रुयन, एलेक्जेन्डर जिन्चेन्को, फिल फोडेन, कायल वाल्कर र रियाड महरेजले गोल गरे ।

खेलको पाँचौ मिनेटमा नै ब्रुयनले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । सुरुवातीमै आक्रामक खेल खेल्दै अग्रता बनाएको सिटीका लागि खेलको ३०औं र ३४औं मिनेटमा जेसुसले गोल गर्दा ३७औं मिनेटमा जिन्चेन्कोले गोल गर्दै ४(० गोलको अग्रतामा पुर्‍याएका थिए ।

पहिलो हाफमा ४–० गोलको अग्रता बनाएको सिटीले दोस्रो हाफमा थप पाँच गोल गर्न सफल भयो । खेलको ५७औं मिनेटमा जेसुसले अर्को गोल गर्दै हृयाट्रिक पूरा गरेका थिए । उनको हृयाट्रिकसँगै सिटीले भने ५–० गोलको अग्रता बनाएको थियो ।

६२औं मिनेटमा फोडेनले गोल गर्दा ६५औं मिनेटमा जेसुसले व्यक्तिगत चौथो गोल गर्दै सिटीलाई ७–० गोलको अग्रता दिलाएका थिए । एकपछि अर्को गोल गर्ने क्रममा सिटीका लागि वाल्करले ७०औं र महरेजले ८३औं मिनेटमा गोल गर्दै बुर्टोनमाथि ९–० गोलको जित दिलाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

65 − 57 =