प्रधानमन्त्री ओली र जापानका विदेशमन्त्री तारो कानोबीच भेटवार्ता, ओलीलाई जापान भ्रमणको निम्तो

  • 101
  •  
  •  
  •  
  •  
    101
    Shares

काठमाडौं, २६ पुस । नेपाल भ्रमणमा रहेका जापानका विदेशमन्त्री तारो कानोले प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गरेका छन् ।

बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा नेपाल र जापानको आपसी सम्बन्धबारे कुराकानी भएको थियो । सो अवसरमा जापानले नेपालबाट दक्ष जनशक्ति आफ्नो देशमा लैजान लागेको प्रक्रियाबारे छलफल भएको बताइन्छ ।

विदेशमन्त्री तारो कानोले प्रधानमन्त्री ओलीलाई जापान भ्रमणको औपचारिक निमन्त्रणासमेत गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी गराएको छ । मन्त्री कानो बुधबार मात्रै काठमाडौं आइपुगेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

36 ÷ = 4