रामोसले १०० औं गोल पुरा गर्दा रियल मड्रिड विजयी

  • 132
  •  
  •  
  •  
  •  
    132
    Shares

काठमाडौंः रियल मड्रिडले कोपा डेल रेअन्तर्गत राउण्ड अफ १६ को पहिलो लेगमा लेगानेसलाई ३-० ले पराजित गरेको छ । कप्तान सर्जियो रामोसले १ सयौं गोल पूरा गर्दा रियल विजयी भएको हो ।

रियलले रामोसको गोलमा अग्रता लिएको थियो । रामोसले पेनाल्टीलाई गोलमा परिणत गर्दै आफ्नो करिअरको १ सयौं गोल पनि पूरा गरे । दोस्रो हाफको सुरुवातमा नै रियलले अग्रता दोब्बर पार्यो ।

भिनिसियास जुनियरको पासमा लुकास भाज्केजले गोल गर्दै रियललाई अगाडी बढाए । रियलका लागि तेस्रो गोल ब्राजिलियन भिनिसियसले नै गरे । उनले ७५ औं मिनेटमा गरेको भलीलाई लेगानेसका गोलरक्षकले बचाउन सकेनन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =