पीएसजी पाँच वर्षपछि लिग कपबाट बाहिरियो, नेयमारले बचाउन सकेनन्

  • 28
  •  
  •  
  •  
  •  
    28
    Shares

काठमाडौंः पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग कपमा लिगको पुछारमा रहेको ग्वेनगाम्पसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । बुधबार राती पीएसजी घरेलु मैदानमा २-१ ले पराजित भएको हो ।

ब्राजिलियन फरवार्ड नेयमारले ६३ औं मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । उनले थोमस मुनिएरको कर्नरमा हेडरमार्फत गोल गरेका थिए । ग्वेनगाम्पले अन्तिम १० मिनेटमा दुई पेनाल्टी गोल गर्दै पीएसजीलाई स्तब्ध पार्यो ।


८१ औं मिनेटमा यानी एन’बकोतोले पेनाल्टीलाई गोलमा परिणत गरे । इन्जुरी समयको पहिलो मिनेटमा अर्को पेनाल्टी पाएपछि मार्कस थुरामले कुनै गल्ति नगरी ग्वेनगाम्पलाई अग्रता दिलाए । यस हारसँगै पीएसजीको घरेलु कप प्रतियोगितामा ४९ खेलको विजयी यात्रामा पूर्णविराम लागेको छ । सन् २०१४ मा मोन्टपेलरसँग पराजित भएयता पीएसजीले लगातार जित हासिल गर्दै आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 ÷ 4 =