दुई हात र खुट्टा काटिनु अघि हिरो बन्ने सोच थियो कृष्ण ओलीको

  • 1.1K
  •  
  •  
  •  
  •  
    1.1K
    Shares

काठमाडौँ,२६ पुस । सानैमा आमा बाबूको मायाबाट टाढा रहेका रुकुम पश्चिमको सानोभेरीका कृष्ण ओलीको फुलजस्तै जोवानलाई ११ हजार भोल्टेजको करेन्ट लागेपछि दुवै हात र एउटा खुट्टा गुमाएर ओछ्यानमा नै सुस्ताएर बस्नु पर्ने अवस्था आएको छ । मिजासिलो बोली खाइलाग्दो जोवान, जुनी जुनी सँगै बाच्ने कसम खाएर ल्याएकी जीवन संगीनी रुपामाथि ठूलो ब्रजपात परेको छ ।

बाबाले घर छोडेपछि आमाले अर्कै रोजिन सानैमा ठूलो जिम्मेवारी सहित सपनाको पहाड बोकेर काठमाडौ आएका ओलीले ऋण गरेरै इलेक्ट्रोनिक सबइन्जिनियर पढे । वर्षदिन अगाडी काभ्रेकी रुपासँग विवाह गरेर विवाहको पहिलो वर्ष जेठ २४ पनि साथीभाइसँग रमाइलो गरेर मनाए । आफ्नो जीवन संगीनी रुपालाई स्टाफ नर्स पढाउन काठमाडौ पठाएका थिए कृष्णले ।

हरेक दुख गरेरे भएपनि आफ्नो श्रीमतीलाई स्टाफ नर्स पढाउने सपना देखेका कृष्णले केही समय अगाडी रुकुमको सानोभेरीमा होटल पनि चलाएका थिए । स्टाफ नर्समा नाम निस्केपछि रुपा पढ्नको लागि राजधानी आइन् । बैशाखको पहिलो साताबाट नै तुलसीपुर दाङको विद्युत कार्यालयमा साइट सुपरभाइजरको काम सुरु गरे । आशाको पहाडसँगै उज्जवल भविष्य सुरु गरे ।

भोली कस्लाई थाहा हुन्छ र ? अघिल्लो दिन साथी भाइ घरपरिवारसँगै विवाहको वर्षदिन मनाएका कृष्णको जेठ २६ गतेबाट जागिरमा पूर्ण जिम्मेवारी पाउने दिन थियो । तर जेठ २५ नै उनीहरुको जीवनमा कालो दिन बनेर आयो । तुलसीपुर उपमहानगरपनलिका वडा नं. १४ बखरीया भन्ने ठाउँमा विद्युतको लाइनप्रवाह गर्न पोलमा चढे । तार जोड्ने काम सकिसको थियो । एक्कासीआएको ११ हजार भोल्टेजको करेन्टले बेहोस भएर भुईमा बजारिएर । विद्युतको झट्काले उनलाई बजारेन मात्रै मृत्युको मुखमा पुर्याएर छोड्यो ।

साझको समयमा विद्युतको लाइन काटेर पोलमा चढेका थिए । तर नजिकैको मिलवालाले आएर लाइन जोडिदिएपछि कृष्णलाई करेन्ट लाग्यो । अकैको गल्तीको सिकार भएका कृष्णलाई सहयोगी साथीहरुले कोहलपुर मेडीकल कलेज पुर्याए । उपचार सम्भव नभएपछि उनलाई भारतको लखनउ लगियो । १८ दिनसम्म लखनउमा बसेर उपचार गरेपछि स्वास्थ्यमो सुधार आएन । बेहोस अवस्थमा भारतको लखनउ पुगेकी रुपाले काठमाडौँ ल्याइन र कहिले ग्राण्डी त कहिले कीर्तिपुर अस्पताल गरेर उपचार गराउन लागिन् ।

उपचारपछि निको त भए तर उनको दुवै हात र एउटा खुट्टा काट्नु पर्यो । आफ्नो जीवन साथीको यो हालत देख्दा कस्को मन नरोला र ? जसोतसो आफुलाई सम्हालेर अजम्बरी साथ दिँदै आएकी रुपाको सहायोले आफ्नो स्वास चलेको कृष्णले बताउँदै आएका छन् । काठमाडौँको कुलेश्वरमा रहेको कृष्णको दुवै हात र देब्रो खुट्टा छैन् । यस्तो अवस्थामा भएपनि नहारेकी रुपाले आफ्नो दुखमा नेपाली दाजु भाई दिदीबहिनीले सहयोग गरिदिनुहुन्छ भन्ने आशा गरेकी छन् ।

कृष्णको उपचारमा दाई सुशिलले घरबारीसमेत बेचेर ५० लाखमा जसोतसो भाइलाई यो अवस्थामा ल्याएका छन् । अब ५० लाख भए कृतिम हात खुट्टा जोड्न सक्ने चिकित्सकहरुको सल्लााह अनुसार कृष्णको हात खुट्टा जोड्न सहयोगको याचना गरिहेका छन् । ५० लाख ऋण तिर्न त बाकी नै छ । सानैमा आमाबाबूको मायाबाट टाढा रहेको भएपनि सुन्दर सपनाको भारी बोकेका कृष्णको सबै सहयोगी मनले सहयोग गरे इलेक्ट्रोनीक हात खुट्टा जोड्न सम्भव हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

76 ÷ = 76