होसियार ! विदेशबाट आउँदा यस्ता समान बोकेर आउनु भयो भने विमानस्थलमा सिधै जफत

  • 126
  •  
  •  
  •  
  •  
    126
    Shares

काठमाडौं । विदेशबाट नेपाल फर्कदा धेरै नेपालीहरुले आफ्नो परिवार, साथीभाई, इष्टमित्रलाई मायाको स्वरुप केहि न केहि सामान लगेर जाउँ भन्ने मनशाय लिएका हुन्छन् । विदेश गएका मानिसहरुको आफन्तले विदेशबाट केहि ल्याइदिन्छन् भन्ने आशमा बसेका पनि हुन्छन्, जसको कारणले गर्दा धेरै सामान ल्याउन बाध्यतामा परेका छन् ।

अहिले त्रिभुवन अन्तराष्ट्रिय बिमान स्थलमा विदेशबाट आउँदा ल्याइने सामानमा कडाई गरिनुको साथमा कतिपय सामानलाई जफत पनि गरिएको छ । अब विदेशबाट नेपाल आउँदा मापदण्ड भन्दा बढी सामान ल्याएमा सिधै जफत गरिनेछ, मापदण्डमा पर्ने सामान पनि भन्सार शुल्क तिरेर मात्र ल्याउन पाइनेछ ।

हेनुहोस् विदेशबाट कति सामान ल्याउन पाइने र कति सामान ल्याउँदा भन्सार कति तिर्नुपर्ने ?

धेरैले विदेशको रक्सी राम्रो भनेर कोहि आफन्त विदेशबाट नेपालमा फर्कदै छ भने रक्सी चाहि ल्याउनु भन्ने कुरा गर्दछन्, तर अब विदेशबाट आउँदा एक लिटर भन्दा बढि रक्सी ल्याउन नपाइने भएको छ, एक लिटर भन्दा बढि रक्सी ल्याएमा जफत गरिनेछ ।

ल्यापटप, कम्प्युटर, घडी, क्यामेरा, भिडियो क्यामरा, सेलुलर–मोबाइल फोन र पेन ड्राइभको माग आफन्तहरुले गर्ने कारणले गर्दा यस्ता सामान ल्याउदाँ पनि बिचार गर्नुपर्ने भएको छ । यस्ता सामान ल्याउँदा अब एक थान भन्दा बढि ल्याउन नपाइने भएको छ, त्यस्तै बच्चा राख्ने पेराम्बलेट र टा«इसाइकल एकथान ल्याउन पाइने छ, जसको भन्सार तिर्नुपर्ने छैनन् । विदेशबाट ल्याइएको टिभी प्रति धेरै मानिसहर आकर्षित भएका छन् ।

अब ३२ इन्च सम्मको टिभी ल्याउनको लागी विदेशमा करिब १ वर्ष बसैकै हुनुपर्ने छ , त्यस्तै ३२ इन्च भन्दा ठुलो टिभी ल्याएमा ४० प्रतिशत भन्सार तिर्नुपर्ने छ ।
म्युजिक भिडियो प्लेयर, रेफ्रिजेरेर वासिङ मेशिन, पंखा र रेडियो एकथान मात्र ल्याउन पाइन्छ र यी सामानको लागी करिब ४० प्रतिशत भन्सार शुल्क तिर्नुपर्ने छ ।

एकएक थान ब्लड प्रेसर नाप्ने यन्त्र, स्टेथेस्कोप , खलकुदका सामाग्री, गीतार, हार्मोनियम ल्याउँदा भन्सार तिर्नुपदैन् ।
विदेशबाट फर्कदा धेरै कपडाहरु ल्याइने चलन छ, १५ पिस लुगाफाटा, कस्मेटिक्स सामान जुत्ता ल्याउनको लागी ४० प्रतिशत भन्सार तिनुपर्ने र त्यसको साथमा घरायसी सामान जस्तै ः मिक्स्चर, सिलाई मेसिन, ग्यासटेबुल, इस्त्री, राइस कुकर दुई थानसम्म ल्याएमा भन्सार तिर्नुपर्ने । चुरोट दुई सय खिल्लीसम्म र सिगार ५० खिल्लीसम्म ल्याउँदा समदरमा ४० प्रतिशत भन्सार तिर्नुपर्ने ।

कामदारले सय ग्रामसम्म काचो सुन ल्याउन पाइने तर कर भने तिर्नुपर्ने । ७० ग्राम सुनमा एक ग्रामको ५२० को दरले कर तिर्नुपर्ने, ५० ग्राम भन्दा बढी सुन ल्याएमा प्रतिग्राम ६२० रुपैयाँ र १०० ग्राम सुन ल्याएमा ५७ हजार भन्सार तिर्नुपर्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 2 = 1