बलिउड स्टार रणविर र वरुणलाई टक्कर दिँदै आयो यी नायकलाइ एकैपटक १२ फिल्मको अफर!

  • 2.8K
  •  
  •  
  •  
  •  
    2.8K
    Shares

एजेन्सी,२६ पुस । पछिल्लो समय फिल्म क्षेत्रबाट छायाँमा परेका बलिउड अभिनेता सुशान्त राजपूत फेरि चर्चामा आएका छन् । फिल्म ‘केदारनाथ’ रिलिज भएसँगै सुटिङमा ब्यस्त रहेका सुशान्तलाई एकैपटक थुप्रै फिल्महरुमा अफर आएको खबर भारतीय सञ्चार माध्यममा उल्लेख गरिएको छ ।

‘केदारनाथ’ फिल्म रिलिज भएपनि सँगै सुटिङ गरिएको फिल्म ‘सोनचिडिया’ रिलिज हुन बाँकी रहेको छ । सैफ अली खनकी छोरी सारा अलि खान पनि सुशान्तसँगै चर्चामा रहेकी छन् । केदानरनाथले राम्रो चर्चा पाएको कारण यी दुवैको भविष्य उक्सिएको छ । यतिबेला सुशान्तलाई १२ वटा छुट्टा छुट्टै फिल्म निर्माताहरुले अफर गरेको छन् । उनी भन्छन् कुनको सुटिङ छिट्टै सुरु हुन्छ ।

यसरी एक्कासी यतिधेरै फिल्मबाट अफर आउन सुरु भएपनि उनी आफ्नो फिल्मी पारिश्रमिक समेत बढाउने तयारीमा रहेका छन् । उनलाई अफर आएक फिल्महरु गर्दिन् भन्न सक्ने कुनै पनि नरहेको बताएका छन् । बलिउडमा छुट्टै पहिचान बनाएका सुशान्तले फिल्म ‘ड्राइभ’ को पनि घोषण गरिसकेका छन् ।

उनीसँग ज्याकलिन फर्नान्डिज देखिने भएकी छन् । यसरी तिब्र रुपमा सुशान्तको फिल्मको चर्चा बढी रहँदा उनको फ्यान फलोअर्स पनि बढेका छन् । यो फिल्म बाहेक उनको फिल्म ‘सोनचिडिया’ को ट्रेलर पनि रिलिन भएको छ । उक्त फिल्ममा उनीसँग भूमि पेडनेकर रहेकी छन् । चाँडै सुशान्त र श्रद्धा कपू्रको फिल्म ‘छिछोरे’ मा पनि देखिने भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 4 =