आफूलाई सोध्दै नसोधी डीएनएका लागि रगत दिएको भन्दै निर्मलाकी आमामाथि हातपात

  • 263
  •  
  •  
  •  
  •  
    263
    Shares

कञ्चनपुर, २६ पुस । निर्मलाकी आमा दुर्गादेवी पन्तमाथि हातपात भएको छ । आफूसँग सल्लाह नै नगरी रगतको नमूना संकलन गर्न दिएको भन्दै दुर्गादेवीलाई श्रीमान् यज्ञराज पन्त र उनकी कान्छी श्रीमती लक्ष्मी पन्तले हातपात गरेका हुन् ।

निर्मलाको शरीरबाट निकालिएको डीएनए वास्तविक भए नभएको पुष्टि गर्न आमा दुर्गादेवी पन्तले रगतको नमुना दिएपछि पन्त परिवारमा द्वन्द्व चर्किएको हो । छोरीको स्वभावमा भएको डीएनए वास्तविक भए नभएको पुष्टि गर्न पन्तले बुधबार महाकाली अञ्चल अस्पतालमा रगतको नमूना संकलन गरेर प्रहरीलाई दिएकी थिइन् ।

डीएनए परीक्षणका लागि रगतको नमूना संकलन गरिएको विषयमा असन्तु्ष्टि जनाउँदै श्रीमान् र सौताले आफूमाथि हातपात गरेको उनको भनाइ छ ।

छोरीको बलात्कारपछि हत्या भएको ६ महिना बितिसक्दासमेत न्याय नपाएको भन्दै दुर्गादेवीले राहत रकम बुझ्ने निर्णय गरेको रगतको नमूना दिएपछि सोही विषयलाई लिएर घरमा विवाद चर्किएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

45 + = 48