जाडोयाममा पनि झाडापखाला जोखिम, यी कुरामा ध्यान नदिएमा बिरामीको हुन्छ, मुत्यु !

  • 13
  •  
  •  
  •  
  •  
    13
    Shares

धेरै मानिसहरुले गर्मीयामलाई भन्दा पनि जाडोयामलाई आफ्नो रोजाइमा पारेका छन् । अहिले जाडोयामको सिजन चलिरहेको छ, जाडोमा घरको वातावरण सफा हुने कारणले धेरै मानिसहरु घरमा बस्न रुचाउँछन्, किन कि जाडोमा झिंगा, लामखुट्टे, किराहरु एकदमै हुन्छ, यहि कारणले गर्दा खानेकुरा पनि धेरै रुच्छ ।

गर्मीको तुलनामा जाडोमा केहि सहजता छ भने असजता पनि उत्तिकै रहेको छ, जाडोयाममा भन्दा पनि गर्मीयाममा झाडापखला लाग्दछ, किनकि गर्मीयाममा पानी र खानेकुरामा धेरैनै संक्रमणको जोखिम हुन्छ । यसो त जाडोमा झाडापखला लाग्दैन् भनेर भन्न भने मिल्दै मिल्दैन् ।
जाडोयाममा झाडापखाला भएमा शरीरको लागी एकदमै खतरा हुन्छ र शरीरमा विभिन्न किसिमका परिवर्तनहरु आउने गर्दछ, जसको कारणले गर्दा स्वस्थ्यमा प्रतिकुल असर पर्दछ ।
जाडोमा झाडापखला नवजात शिशु र कम उमेरका केटाकेटीमा हुने सम्भावना अधिक रहेको हुन्छ

धेरैलाई चिसोबाट झाडापखला हुन्छ, भन्ने बारेमा जानकारी छैन्, चिसो कारणले जाडोयाममा भलाडापखला हुने गर्दछ । चिसोको साथमा जाडोयामा झाडापखाला रोटावायरस सक्रिय हुने हुदाँ लाग्ने गर्दछ । यस्तो झाडापखाला रोगप्रतिरोधात्मक क्षमता कमजोर भएका बालबालिकालाई लाग्ने संभावना अधिक रहेको छ । यस्ता झाडापखला लाग्ने बालबालिका कुनै रोगका संक्रमित पनि हुन सक्दछन् ।

यस्तो किसिमको झाडापखला पृकेसनले एक हप्तामा ठिक हुनसक्छ । करिब १ हप्ता भन्दा बढि भयो भने कर्निन डायरीमा परिवर्तन भएर स्वास्थ्यमा गम्भीर असर पार्दछ । उक्त झाडापखालाको समयमै उपचार भएन भने पानीको मात्रा कम भएर डिहाइड्रेसन भई मुत्यु हुने सम्भावना एकदमे अधिक रहको छ ।

शरीरमा पानीको मात्रा कमी हुनुलाई जलवियोजन अथात् डिहाइड्रेसन भन्ने गरिन्छ ।
यस्तो भएको कसरी थाहा पाउने त?

– सर्वप्रथम त बच्चालाई पखला लाग्दछ, यदि पखलासगैं दिसामा रगत देखिएमा, तिर्खा अत्याधिक रुपमा लागेमा, रुदाँखेरी पनि आशु आएन भने जलवियोजन अथात् डिहाइड्रेसन भएको थाहा पाउन सकिन्छ ।

– बिरामीलाई हरेर पनि थाहा पाउन सकिने कारणले गर्दा उक्त बिरामीको आँखा गाडिएको, मुख, ओठ, जिब्रो सुख्खा भएको छ भने जलवियोजनको भएको सहजै अनुमान लगाउन सकिन्छ ।

– धेरैलाई छामेर थाहा पाउने कुराको विषयमा जानकारी छैन्, यदि बिरामीको पेटको छाला एकदमै पातलो वा लुज भएमा पनि जलवियोजन हो कि भनेर संका गर्न सकिन्छ ।

– यस्ता बिरामीको छाला तारेर छोडेमा बिस्तारै फकिर्ने हुन्छ भने जलवियोजन भएको मानिसको क्रियाकलाप धेरैनै परक हुन्छ, उनीहरु झर्को मान्ने, आँखामा आशु नहने, आँखा भित्र गाडिएको हुन्छ ।

रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्न नदिनु एकदमै उत्तम विकल्प हो । त्यसैले जाडोमा झाडापखालाबाट बच्नको लागी यस्तो सावधानी अपनाउनु पर्दछ ।

१। सरसफाइमा विशेष ध्यान दिने । खानापछि र खाना खानुभन्दा पहिले राम्ररी साबुन पानील हात धुनुपर्छ भने विशेषगरी चर्पी गएपछि ४ मिनेट जति साबुनले मिचिमिची हात धुनुपर्दछ ,त्यस्तै बजारमा विषाधी प्योग गरिएका फलफुल र सब्जी पाइने कारणले गर्दा विष मार्नको लागी रातभर पानीमा भिजाएर राम्ररी पखालेर खानुपर्दछ ।

२। बच्चालाई आवश्यक मात्रा खानेकुरा दिनुपर्दछ । बच्चालाई चिनी, ग्लुकोज दिएमा बच्चाको पेटमा ग्यास भरिएर ब्याक्टेरियाको संकम्रण बढी झाडापखला लाग्ने कारणले यसप्रति सजग हुनपर्छ ।


३। बच्चाहरुलाई चिया, कफि, कोकाकोला जस्ता जस्ता पिएपदार्थबाट एकदमै टाढा राख्नुपर्दछ । यदि झाडापखला बाट ग्रसित शिशु छ भने आमाको दुध बाहेक अन्य दुध वा दुधबाट बनेको परिकार खवाउँनु हुदैन् ।

यदि झाडापखला लागेमा पटक पटक पातलो दिसा, राम्रोसगँ खान नसकनु, ज्वरो आउने, बारम्बार बान्ता आउने, अत्याधिक तिर्खा लाग्ने र दिसामा रगत देखापर्न कारणले गर्दा यस्ता लक्षण देख्ने बितिकै उपचार गर्नतर्फ लाग्नुपर्दछ ।

कसरी उपचार गर्ने ,

१। बच्चालाई नियमित रुपमा झोलिलो पदार्थ खान दिने ।


२। पातलो दिसा गरेमा चिकित्सकको सल्लाह अनुसार जीवजनजल वा जिङ् चक्की खुवाउने ।

३। विरामिलाई डायरीमा भएमा जलवियोजन भई ज्यान जाने कारणले यसबाट बचाउानुपर्दछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

63 − 57 =