डाक्टरको लापरवाहीले भयो सुत्केरी गराउँदा बच्चा २ टुक्रा ,टाउको भित्र जिउ बाहिर

  • 182
  •  
  •  
  •  
  •  
    182
    Shares

काठमाडौ । जैसलमेरको रामगढको सरकारी अस्पतालमा महिलालाई सुत्केरी गराउने क्रममा डाक्टरले बच्चालाई जोडले तानेपछि बच्चा २ टुक्रा भएको छ । ३ दिन देखि सुत्केरी ब्यथाले च्यापेको दीक्षा कँवरको बच्चाको टाउको भित्र र जीउ बाहिर भएपछि डाक्टरले गुपचुपमा नै अर्को ठाउँ जैसलमेरमा रिफर गराइदिएका थिए ।

रामगढ अस्पतालका चिकित्सा प्रभारी डा. निखिल शर्माका अनुसार आमाको पेटमा बच्चा मृत अवस्थामा रहेकाले खुट्टामात्र बाहिर आएको र थप सुविधा नभएपछि जैसलमेर रिफर गरिदिएको बताएका छन् ।

त्यस्तै उता रिफर गरिएको जवाहर अस्पतालका डाक्टर रविन्द्र सांखलाका अनुसार उक्त महिलाको रामगढ अस्पतालबाट डेलिभरी भैसकेको र गर्भनाल मात्र भित्र रहेको बताएको थियो भनेर भने । तर उनको अथक प्रयासबाट त्यहापनि सम्भव नभएपछि अर्को अस्पताल जोधपुर रिफर गरिएको उनले बताए ।

तर जोधपुरको उम्मेद अस्पतालमा डाक्टरहरुले महिलालाई सुत्केरी गराउँदा बच्चाको टाउको मात्र निस्किएको बताए । त्यसपछि यस घटनाले ठुलै तहल्का मच्चाएको थियो ।

त्यसैले यता जवाहर अस्पतालकी स्त्री रोग विशेषज्ञ डा. उषा दुग्गडले आफ्नो पूरा करिअरमा कहिल्यै यस्तो नभएको र बच्चाको दुई टुक्रा कसरी भयो यो जाँचको विषय भएको भनेर बताएकी छिन् । त्यसपछि प्रहरीले उक्त घटनाको अनुसन्धानको लागी रागगढ अस्पतालबाट बच्चाको जीउ पोष्टमार्टमको लागी पठाएको छ । र मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

77 + = 85