किड्नी कसरी फेल हुन्छ ? जान्नुहोस् किड्नी सम्बन्धी केही महत्वपूर्ण जानकारी

  • 2.4K
  •  
  •  
  •  
  •  
    2.4K
    Shares

काठमाडौँ,२६ पुस । मानव शरिरको निकै महत्वपूर्ण अंग हो किड्नी । त्यसकारण किड्नीमा समस्या आयो भने ज्यान समेत जान सक्छ । त्यसैले आज हामी किड्नी बचाउनको लागि के कस्ता कुराहरुमा ध्यान दिनुपर्छ भन्ने विषमा जानकारी दिन गइरहेका छौँ ।

१.किड्नीको काम के हो ?

किड्नीले शरिरमा रस एवंम् रगतमा उपस्थित विजातिय तथा अनावश्यक तत्वलाई पिशाब बाट बाहिर निकाल्ने काम गर्छ । एक स्वथ किड्नी एक दिनमा एक देखि दुइृ लिटर पानी छान्ने गर्छ र शरिरलाई निरोगी राख्छ । मुटुद्धारा पम्प गरिएको रगतको २० प्रतिशत किड्नीमा जान्छ र किड्नीले रगतको सफा गर्छ । पुन शरिरमा जान्छ । यसरी शरिरमा महत्वपूर्ण काम गर्ने किड्नीले टाँक्सिन्स पिसाबबाट शरिरको बाहिर निस्कन्छ । किड्नीले शरिरमा बढी भएको वा कम भएको चिजलाई सन्तुलन गर्छ र सम्हँलेर राख्दछ ।

२.किड्नी र मुटु बिचको सम्वन्ध कस्तो हुन्छ ?

मुटु, फोक्सो र कलेजोसँग सम्बन्धित रहेको किड्नीले मुटु र किड्नीले परस्पर सहयोग साथ काम गरिरहेको हुन्छ । यदि कसैलाई मुटुको रोग लागेको छ भने त्यस्तो ब्यक्तिको किड्नी पनि बिग्रिएको हुन्छ । त्यस्तो ब्यक्तिलाई उच्च रक्तचाप सम्बन्धी रोग लाग्छ र मुटु पनि कमजोर हुँदै जान्छ ।

३.किड्नी फेलहुनाका प्रमुख कारणहरु के के हुन ?

किड्नी फेल हुनुको मुख्य कारण भनेको मुटु, दम, श्वास प्रश्वास, टिबी, सुगर प्रेसर जस्ता रोगहरुको कारण औषधीहरु बढी सेवन गर्नु हो । आधुनिक औषधीहरुको अल्पकालीन सेवनले किड्नी फेल हुन्छ ।

४.किड्नी भनेको के हो ?

किड्नी शरिरको बिच कम्मरमा रहेको हुन्छ । मुठ्ठी बराबर रहेको कड्निी दुईवटा हुन्छ । एउटा किड्नी पुर्ण रुपमा खराब रहेको छ भने त्यस्तो अवस्थामा अर्को किड्नीले काम गर्छ ।

५.किड्नी खराव हुनु भनेको के हो ? यस्तो हुन्छ किड्नीको लक्षण

शरिरमा पानीको मात्रा बढी भयो भने सुनिने हुन्छ । नुनको मात्रा बढी भयो भने उच्च रक्तचाप सम्बन्धी समस्या देखा पर्छ । यो बाहेक रगत बनाउन, हड्डीहरुलाई मजबुत बनाउन, उच्च रक्तचापलाई नियन्त्रण गर्नु शरिरमा उत्पन्न भएको खराब पदार्थलाई शरिरबाट निकाल्ने काम गर्छ । त्यसैले किड्नी सम्बन्धी विभिन्न समस्याहरु जान्नु जरुरी रहेको छ ।

६.नेफ्रोटिक सिन्ड्रोम र यसको लक्षणहरु के के हुन ?

किड्नीमा भएको स साना छिद्रहरुले खराब तत्वलाई छानेर बाहिर ल्याउने काम गर्छ । नेफ्रोटिक सिन्ड्रोममा किड्नी जुन फिल्टर हुन्छ । त्यसको छिद्रहरु ठूलो भएर जान्छ । त्यसबाट शरिरको लागि चाहिने उपयोगी तत्व पनि खराब हुन्छन् । त्यसको परिणम अनुहार सुनिने, खुट्टा सुनिने, जस्ता समस्याहरु देखिन्छ । सुरुमा नै देखिएको लक्षणमा उपचार गर्न सक्यो भने सकुशल उपचार गर्न सकिन्छ ।

तर यसरी सुनिने समस्या बढ्दै गयो भने किड्नी फेल भएको हुन्छ । जब किड्नी सम्बन्धी समस्या बढ्दै जान्छ त्यतिबेला विशेषज्ञको सल्लाह बमोजिम काम गर्नुपर्छ । खानामा नुन कम गर्ने र पिउने चिजमा पानीको मात्रा एकदेखि डेढ लिटर मात्र पिउनु पर्छ । पानी बढी पिउनाले किड्नी राम्रो हुन्छ भन्ने कुरा गलत हो । पत्थरी भएको छ भने धेरै पानी पिउनु पर्छ । समयमा नै उपचार गर्न सकेमा ९० प्रतिशत विरामी ठिक हुन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 1 = 9