पिताको एक निर्णयका कारण फिल्मबाट ९ बर्ष टाढा थिए महेशबाबु, आज साउथ फिल्मका ‘बादशाह’

  • 2.1K
  •  
  •  
  •  
  •  
    2.1K
    Shares

काठमाडौंः महेशबाबु साउथका त्यस्ता स्टार हुन्, जस्तै बलिउडमा सलमान, शाहरुख । उनी चर्चित स्टार कृष्णाका छोरा हुन् ।

१९७९ मा महेशबाबु तेलुगु फिल्म ‘नीदा’को सेटमा थएका थिए । त्यही बेला निर्देशक दासरी नारायम रावले साना महेशसँग फिल्मका केही सिन सुटिङ गरेका थिए । उनले ४ बर्षको उमेरमै तेलुगु फिल्म इन्डस्ट्रीमा डेब्यू गरेका थिए । उनले चेन्नईको एंग्लो इन्डियन हाइयर सेकेन्डरी स्कुलमा पढेका थिए । उनीसँग तामिल स्टार कार्थी र सूर्याका भाईले समेत पढेका थिए ।

बाल कलाकारकारुपमा उनले ९ फिल्ममा काम गरेका थिए । बालकलाकारका रुपमा अन्तिम फिल्म ‘अन्ना थमुडु’ (१९९०) पछि पिताको सल्लाह अनुसार उनले ९ बर्ष फिल्ममा काम गरेनन् । पढाइमा ध्यान दिन भन्दै उनका पिताले उनलाई फिल्ममा काम गर्न प्रतिवन्ध लगाएका थिए ।

९ बर्षसम्म फिल्मबाट टाढा रहेका महेशले लिड एक्टरकारुपमा १९९९ मा ‘राजा कुमारुदु’बाट पुनः अभिनय यात्रा थाले । यो फिल्ममा महेशसँगै प्रिती जिन्टाले समेत अभिनय गरेकी थिइन् । यो फिल्मबाट उनलाई ‘नन्दी अवार्ड फर बेस्ट मेल’ अवार्ड मिलेको थियो ।
२००३ मा महेश बाबूको फिल्म ‘ओकाडू’ त्यो बर्षको सबैभन्दा धेरै कमाउने तेलुगु फिल्म बनेको थियो ।

यो फिल्मबाट उनले फिल्म फेयर अवार्ड जितेका थिए । उनले अभिनत्रेी नम्रता शिरोडकरसँग ‘वामसी’ फिल्मको सुटिङका बेला देखि नै डेट गरिरहेका थिए । यो कुरा सन् २००२ को हो । ४ सालको प्रेमसम्बन्ध पछि नम्रता र महेशले २००५ मा विवाह गरेका थिए ।

उनी नायक मात्रै होइन राम्रो स्वरका धनी पनि हुन् । उनले ‘जलसा’ र ‘बादशाह’ फिल्ममा गीत गाएका छन् ।  फिल्म ‘अथाडू’ पछि महेशले फिल्मबाट चार महिनाको ब्रेक लिएका थिए ।

यो चार महिनामा उनले कपाल पाले र लुक्स परिवर्तन गरे । त्यही लुक्समा उनले फिल्म ‘पोकरी’ गरे । यो फिल्म अहिलेसम्मकै सबैभन्दा धेरै कमाउने तेलुगु फिल्म हो । सन् २०१३ मा महेशले शाहरुख, आमिर र सलमानलाई पछि पार्दै मस्ट डिजाइरेबल म्यान बनेका थिए ।

महेशको जन्म चेन्नईमा भएपनि उनले तेलुगु भाषा सिकेनन् । उनले तेलुगु भाषा बुझ्छन्, बोल्छन् तर पढ्न सक्दैननन् । उनी निर्देशकको आवजमा सुनेको डाइलग नै बोल्ने गर्छन् । एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

62 − 54 =