आन्तरिकतर्फको हवाई इन्धन मूल्य घट्यो

  • 14
  •  
  •  
  •  
  •  
    14
    Shares

काठमाडौँ, २६ पुस ।  सरकारले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएसँगै आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर रु १० का दरले घटाएको छ । 

साविक १०४ रुपैयाँ ५० पैसामा बिक्री हुँदै आएको आन्तरिकतर्फको हवाई इन्धन मूल्य ९४ रुपैयाँ ५० पैसा कामय गरिएको नेपाल आयल निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिनुभयो । घटेको मूल्य आज मध्यरातदेखि लागू हुने निगमले जनाएको छ । निगमले यसअघि विभिन्न चरणमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आएपनि हवाई इन्धनको मूल्यभने समायोजन गरेको थिएन । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

28 − 23 =