साबधान ! यस्ता लक्षण देखापरेमा तपाइलाई पिएसपी भएको हुनसक्छ.. के हो पिएसपी?

  • 30
  •  
  •  
  •  
  •  
    30
    Shares

खासगरी प्रोग्रसिभ वा सुपरान्युक्लियर पाल्सी (पिएसपी) रोगको बारेमा अंधिकाश मानिसहरुलाई जानकारी छैन् । यो एउटा यस्तो दुलर्भ स्थितीको रोग हो,जसले मानिसहरुलाई हिँडडुल गर्न, बोल्न र निल्नमा समस्या देखापार्ने र मस्तिष्कमा समेत असर पार्दछ । यस्तो रोग ६० वर्ष उमेरसमुहका मानिसहरुलाई बढि देखापर्दछ । यो रोग लागेर केही समयअघि बलिउड अभिनेता कादर खानको मुत्यु भएको खबर पनि छ ।

यस्तो रोग के कारणले लाग्छ त ?

पिएसपी ‘तउ’ नामक प्रोटिनको बनावटको कारणले गर्दा ब्रेनको खराब भएमा हुन्छ । ‘तउ’ मस्तिष्कमा हुन्छ, भने उच्च स्तरसम्म पुग्नु अगाडी टुक्रिएर बिग्रने गर्दछ । यस्ता रोग लागेका व्यक्तिहरुमा सहि तरिकाले नटुक्रने कारणले गर्दा मस्तिष्कमा झुप्पा बन्ने गर्दछ, यस्तो मस्तिष्कको विभिन्न भागमा हुने कारणले गर्दा यसको लक्षण व्यक्ति अनुसार फरक हुन्छ ।

यस्तो रोग लाग्नु भन्दा पहिले यस्ता लक्षणहरु देखापर्दछ ?

१. यो रोग देखापर्दा सुरुवातको चरणमा गम्भिर समस्या देखापर्ने गर्दछ । गम्भीर समस्यादेखापर्ने कारणले गर्दा रोग पत्ता लगाउनमा निकै कठिन हुन्छ ।

२. यो रोग लागेमा कतै हिड्दा, बस्दा वा उठ्दा लड्छु कि भन्ने डर एकदमै बढि हुन्छ र आफ्नो शरीर सन्तुलनमा नरहेको आफूलाई फिल हुन्छ ।

३. त्यस्तै यो रोग लाग्दा मानिसलाई बोल्नमा समस्या देखापर्ने, मांसपेसी कसिने, थुक निल्नमा समस्या देखापर्ने, व्यवहारमा परिवर्तन आउने र बिस्तारै स्मरण शक्ति कमजोर हुदै जान्छ ।

यो रोग परिक्षण गर्नलाई एकदमै जटिल हुन्छ, यस्तो रोगको लक्षण पार्किन्सन्ससित मिल्दोजुल्दो हुने कारणले गर्दा चिकित्सकलाई पत्ता लगाउन लामो समय लाग्छ, तर केहि अवस्थामा भने चाहि यो रोग स्तिष्कको स्क्यान गरेर पनि पत्ता लगाउन सकिन्छ । यस विषयमा पछिल्लो समयमा अध्ययन र अनुसन्धान भइरहेको छ । यसको उपचार अलग अलग किसिमको हुन्छ ।

यस्ता रोग देखापरेमा नियमित रुपमा औषधी सेवन गर्ने, शरीरलाई फ्रेस बनाउनको लागी फिजियोथेरापिस्टको मद्दत लिने, बोल्न र निल्नमा सहजता बनाउनको लागी स्पिच थेरापीको मद्धत लिने, आराम गर्नमा पनि विशेष ध्यान दिने र आँखा पनि समस्या हुने भएकाले चश्माको प्रयोग गर्ने गर्नुपर्छ, किनकि चश्माको प्रयोग गर्दा आँखालाई दबाबबढि पर्दछ जसले गर्दा अन्य समस्या पनि सिर्जना गराउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

95 − 90 =